अब जानकी मन्दिरमा मोबाइलबाटै भेटी चढाउन सकिने

  २०७७ फागुन २८ गते १६:१८     विकासन्युज

काठमाडौं । जनकपुरको जानकी मन्दिरमा अब मोबाइलबाटै भेटी चढाउन सकिने भएको छ । एभरेष्ट बैंकले क्युआर कोडबाट सम्पर्करहित भेटी चढाउने व्यवस्था गरेसँगै उक्त सेवा पाइने भएको हो ।

बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा यस नयाँ सेवाको उद्घाटन गरेका छन् ।

नयाँ सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्युआर कोड प्रयोग गरी भेटी चढाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने बैंकका नायव महा प्रबन्धक डा। सन्धिर कुमारले जानकारी गराए ।

उद्घाटन समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहक रहेका छन् । त्यस्तै, बैंकले १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १३४ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.