एनएमबि बैंकका ग्राहकलाई द होराइजन होटल र आगन्तुक रिसोर्टमा सहुलियत

  २०७७ फागुन २६ गते १९:२७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले द होराइजन होटल र आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी भएको छ ।

उक्त समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे केकहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सम्झौतापत्रमा एनएमबिका रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका हुन् ।

अत्याधुनिक बैंकिङ्ग सुबिधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले ग्राहकलाई यो छुटको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.