म्यानमारमा जन्मिएको सौरभ ग्रुपको व्यवसायिक यात्रा र सर्वोत्तम सिमेन्टको सेयर

  २०७७ फागुन २६ गते १८:१७     नरेन्द्र रौले

काठमाडौं । सर्वोत्तम सिमेन्टले फागुनमा सेयर निष्काशन गर्ने समाचार सार्वजनिक भएपछि धेरैको चासो बढ्यो । नेपालकै पहिलो सबैभन्दा बढी विदेशी लगानी भएको सिमेन्टले आइपीओ जारी गरेपछि चासो बढ्नु स्वभाविक नै थियो ।

फागुनमा शेयर निष्काशन गर्ने भनेर प्रचार गरिए पनि उक्त मिति चैतमा सरेको छ । सर्वोत्तमले चैतबाट १५ प्रतिशत हुन आउने ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्ने तयारी गरिरहेको छ । ६० लाख कित्ता शेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्नेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् ।

सर्वोत्तम सिमेन्टले ६ सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ । उपत्यका बाहिर पोखरा, नारायणगढ र धनगढीमा सम्पर्क कार्यालय विस्तार गरेको छ । पूर्वमा विस्तार गर्ने कम्पनीको योजना छ । सर्वोत्तम सिमेन्टको मानव शंसाधन विभागका दामोदर भट्टराईका अनुसार गत वर्ष २०७६ मा सर्वोत्तम सिमेन्टले ७ सय करोड रुपैयाँभन्दा बढी कारोबार गरेको थियो ।

पाल्पा तथा चितवनको चुनढुंगा मिश्रणबाट उत्पादित क्लिङकर नेपालका विभिन्न शका अन्य २० वटा उद्योगहरूले खरिद गर्छन् । कम्पनीका अनुसार वार्षिक उत्पादन क्षमता १ हजार २५ करोड बोरा रहेको छ । नवलपरासीमा उत्पादित सर्वोत्तम सिमेन्टले ग्रिन ओ.पि.सि.र ग्रिन पि.एस.सि.सिमेन्ट उत्पादन गर्दै आएको छ ।

पछिल्लो समय सर्वोत्तम सिमेन्टको उत्पादन बढेको छ । दैनिक ४० हजार बोराबाट उत्पादन क्षमता बढाएर ६० हजार बोरा पुर्‍याएको छ । बजार माग बढेका कारण उत्पादन क्षमता बढाइएको कम्पनीले बताएको छ । उपभोक्ता माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबट उत्पदित सिमेन्टको पहुँच पहिलाभन्दा सरल तथा सुलभ बन्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

सर्वोत्तम सिमेन्टका आफ्नै विशेषता छन् । जसले गर्दा अन्य सिमेन्टभन्दा यो फरक छ । यो ६ स्टेज प्रिहिटरबाट उत्पादित र वाटरपुफ्र लेमिनेटेड बोरामा प्याकिङ्ग गरिएको सिमेन्ट हो । यसले गर्दा भन्डारण अवधि तथा गुणस्तरमा भरपर्दो रहेको कम्पनीले दाबी गरेको छ । नेपालमा सवैभन्दा उत्कृष्ट खानी मानिने पाल्पा तथा चितवनको चुनढुङ्गाको मिश्रणबाट सर्वोत्तम सिमेन्ट उत्पादन हुन्छ ।

आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वोत्तम ओपिसि र सौरभ ग्रिन पिपिसि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।

सर्वोत्तम सिमेन्ट हाइड्रो पावर, ठुला भवन निर्माणमा सबैभन्दा बढी माग भएको सिमेन्ट हो । कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारडाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम.प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।

सर्वोत्तम सिमेन्ट सन् २०१० मा स्थापना भएको हो । कम्पनीका जनरल मेनेजर सुभाष पाण्डेका अनुसार हाल दैनिक ७० हजार बोरा सिमेन्ट उत्पादन हुँदै आइरहेको छ । यसको गुणस्तर, मजबुती अरु सिमेन्ट भन्दा फरक भएको उनी बताउँछन् ।

सिमेन्ट उत्पादनदेखि लिएर उपभोक्तासम्म पुर्‍याउँने बेलासम्म सिमेन्टको लागि चाहिने आवश्यक कच्चा पदार्थ आफै उत्पादन गर्ने पहिलो कम्पनी भएको कम्पनी ईन्जिनियर अभिषेक झाले बताएका छन् । सर्वोत्तम सिमेन्टबारे उपभोक्ताहरुले कुनै गुनासो गरेमा कम्पनीले त्यसलाई तत्कालै सम्बोधन गर्दै आएको छ ।

सर्वोत्तम प्रालिद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्न यस कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोगबाट सिमेन्ट उत्पादन गर्दै आएको छ ।

यस्तो छ इतिहास

सौरभ ग्रुपको उदय म्यानमारबाट भएको हो । सन् १९६० सम्म विष्णुप्रसाद न्यौपानेका बुबा लिलाराम न्यौपानेले म्यानमारमा रिटेल व्यापार गर्थे । त्यसबाहेक म्यानमार कै शानस्थित लासियो शहरमा उनले बटर बनाउने उद्योग पनि चलाउँथे । सन् १९६० मा राज्यले बुद्धिजम धर्म अपनाउने आदेश दिएपछि नेपाली र भारतीय नागरिकहरु म्यानमारबाट निकालिए ।

त्यसैबेला लिलाराम न्यौपानेले म्यानमार छाडेर नेपालमै व्यापार गरेर स्थापित हुने सोच लिए । व्यापारिक एजेन्सी र बस व्यवसायको थालनी गरेर उनले व्यापार थाले । यस्तै भैरहवामा टेक्सटाइलको होलसेल स्टोर सुरु गरे । त्यो बेला काठमाडौंबाट टेक्सटाइल मगाएर भैरहवामा वितरण गरिन्थ्यो । पछि न्यौपानेले नेसनल ट्ेरडिङ र साल्ट ट्ेरडिङ लिमिटेडको नेतृत्व पनि लिए । सन् १९६४ मा न्यौपानेको व्यापारले ठूलो रुप लिदै गयो । सन् १९८६ मा जगदम्बा सिमेन्ट उद्योग स्थापना गरे । सन् १९९० को सुरुवातिमा म्यानुफ्याक्चर भेन्चर सुरु गरे ।

सौरभ फोटो इन्टरनेसनलले कोन्का प्रोडक्ट्सको आधिकारिक डिस्ट्रिब्युटरको काम गथ्र्यो । सन् १९९० मा नेपाली बजारमा उनको बलियो उपस्थीति भयो । आयात निर्यात व्यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गरेका थिए । अहिले सौरभ ग्रुप सिमेन्ट, स्टील, चिया, धागो, पीपी वुभन फ्याब्रिक, क्याल्सियम कार्वोनेट आदि सामाग्रीहरूको उत्पादनमा केन्द्रित छ । यस ग्रुपले कोन्का प्रोडक्टहरु, सिटिजन घडीका पार्टपूजाहरु र अरु चाइनीज समानहरुको आयात गरेर व्यापारिक क्रियाकलापहरुलाई निरन्तरता दिएको छ ।

लिलारामको निधनपछि उनका छोरा विष्णुप्रसाद न्यौपाने सन् १९८८ मा यस ग्रुपमा सामेल भएका थिए । युरोपियन भि.आर.एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट प्रा. लि. नेपाल कै एकमात्र पहिलो ४ हजार ५ सय ब्लेनसम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्ने एक मात्र उद्योग भएको दावी गरेको छ ।

सर्वोत्तम सिमेन्टनै किन रोजाईमा ?

सर्वोत्तम सिमेन्टमा भि.आर.एम. टेक्नोलोजी प्रयोग गरिएको छ । यो युरोपियन भि.आर.एम. मेसिनबाट उत्पादित विश्व स्तरीय सिमेन्ट हो । नेपालमै पहिलो पटक डेनमार्कबाट आयत गरिएको अत्याधुनिक भि.आर.एम., क्रस बार कुलर र आई.एम.सि.सि.प्रविधिले भर्छ सिमेन्टको कण–कणमा गुणस्तर ।

फिन्नेसको गुणस्तर

सर्वोत्तम सिमेन्ट ४५०० व्लेनसम्म मसिनोपनको गुणस्तर भएको नेपालको एकमात्र सिमेन्ट हो । सिमेन्टको मसिनोपनले नै सिमेन्टको गुण्स्तर बढाउँछ । सिमेन्टमा जति बढी मसिनोपन हुन्छ, त्यति नै सिमेन्टको मिश्रण राम्रो हुन्छ । निर्माण मजबुत हुन्छ । अधिकतम पकड शक्ति भएकाले मजबुत निर्माणका लागि यो सबैको रोजाईमा पर्ने गरेको छ ।

सर्वोत्तम सिमेन्ट इको फ्रेन्डली छ । वातावरण मैत्री टेक्नोलोजीबाट उत्पादित भएकाले नेपालमा उत्पादित अन्य सिमेन्ट उद्योगको तुलनामा कोइला तथा बिजुलीको खपत कम हुन्छ । यो वातावरण मैत्री टेक्नोलोजीबाट उत्पादित आई एस ओ १४००१ बाट प्रमाणित सिमेन्ट हो ।

सर्वोत्तम सिमेन्टका विशेषताहरु अरु पनि छन् । जसले गर्दा यो आम उपभोक्ताहरुको रोजाइमा परेको छ । अरुभन्दा यो सिमेन्ट बढी टिकाउ छ । कोरोसन र खिया प्रतिरोधात्मक शक्ति अत्यधिक भएको सर्वोत्तम सिमेन्ट क्षार, सोडा आदिको प्रतिक्रिया कम गराई कंक्रिटलाई बिग्रिन नदिने खालको हुन्छ । सेटिङ हुँदा कम ताप निस्कने हुनाले कंक्रिटमा क्र्याक आउँदैन । एक्स रे डिफ्रयाक्सन मेसिनद्वारा हरेक चरणम गुणस्तरको परिक्षण हुने भएकाले सर्वोत्तम सिमेन्टले एकनासको गुणस्तर दिन्छ ।

इक्रा नेपालले सर्वोत्तम सिमेन्टलाई थ्री बीप्लस रेटिङ दिएको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब ९ सय २३ रुपैयाँ सञ्चालन नाफा हुने प्रक्षेपण गरिएको छ ।

हाल सर्वोत्तम सिमेन्टले ठूलो संख्यालाई रोजगारी दिलाएको छ । सौरभ समुहले सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, जगदम्बा सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, जगदम्बा स्पिनिङ, जगदम्बा सिन्थोटिक, सौरभ टि इस्टेट, सौरभ फोटो इन्टनेशनल, सौरभ रोटो प्याकेजिङलगायत उद्योगमा पनि लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.