नागरिक लगानी कोषले जेष्ठ नागरिक आवास गृहलाई दियो साढे २ लाख रुपैयाँ

  २०७७ फागुन २६ गते १८:०५     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले निः सहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो मात्राको सहयोग गरेको हो ।

सो सहयोग रकमको चेक कोषका निमित्त कार्यकारी निर्देशक डा. ईन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

कोषको ३१औ वार्षिकोत्सव आगामी चैत ४ गते रहेको छ । आवास गृहमा आश्रित बृद्ध-बृद्धाहरुको आर्थिक जीवन यापनमा केहि सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरीदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सो अवसरमा नि. कार्यकारी निर्देशक डा. कट्टेलले कोषले प्रदान गरेको रकमले बृद्ध-बृद्धाहरुलाई बुढेशकालमा आफुलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए । योभन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको थियो ।

कार्यक्रममा कोषका तर्फबाट कायम मुकायम निर्देशक शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृत बहादुर अधिकारी लगायतका पदाधिकारी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.