बुक बिल्डिङ्गबाट सेयर किन्न तीन वाणिज्य बैंकसहित थप १० कम्पनी योग्य

  २०७७ फागुन २६ गते १७:१४     विकासन्युज

काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि तीन वाणिज्य बैंकसहित थप १० कम्पनी संस्थागत लगानीकर्ताको रुपमा योग्य भएका छन् । नेपाल धितोपत्र बोर्डले आज (फागुन २५ गते) मंगलबार सो मात्राको कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो ।

थप १० याेग्य कम्पनीमध्ये लक्ष्मी बैंक, कुमारी बैंक र सनराइज बैंक परेका छन् । त्यस्तै, उषा इन्भेष्टमेन्ट, गुडविल फाइनान्स, युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर, विशाल ग्रुप, गणेश प्रोपर्टिज एण्ड एन्भेष्टमेन्ट प्रा. लि., प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा. लि. र सिड इन्फ्रा प्रा. लि.ले पनि बुक बिल्डिङ्ग मार्फत सेयर जारी गर्न पाउने भएका छन् ।

बोर्डले यसअघि पनि कूल ६४ वटा कम्पनीलाई उक्त स्वीकृति प्रदान गरेको थियो । अब थप १० कम्पनीसहित कूल ७४ कम्पनीले बुक बिल्डिङ्गमा योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्ने भएका छन् ।

बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका कूल ७४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो ।

हालसम्म कुन कुनले पाए स्वीकृति

सम्बन्धित समाचार

बुक बिल्डिङ्ग: लगानी कोष र एनएमबि बैंकसहित थप १८ कम्पनी बने योग्य संस्थागत लगानीकर्ता

बुक बिल्डिङ्गमार्फत सेयर जारी गर्न ४६ संस्था मात्रै योग्य, कुन कुन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.