एफएनसीसीआईको भिजनः २०३० सम्म १ सय खर्बको अर्थतन्त्र, २२ लाखलाई रोजगारी

  २०७७ फागुन २६ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र (भिजिन पेपर) २०३० तयार पारेको छ । समृद्धिका लागि निजी क्षेत्र भन्ने नारा दिएर महासंघले भिजन पेपर तयार पारेको हो ।

महासंघले निजी क्षेत्रको आर्थिक विकाससँगै समग्र मुलुकै अर्थतन्त्र सुधारको खाकासहित भिजन पेपर २०३० तयार पारेकाे बताएकाे छ । मंगलबार महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमिति महासंघमा निर्वाचित भएर आएको १०० दिन पुगेकाे अवरमा आयाेजित पत्रकार सम्मेलनमा महासंघले याे अवधिमा गरेका काम कारवाही र रणनीतिहरु प्रस्तुत गर्दै भिजन पेपर पनि प्रस्तुत गरेको हो ।

अध्यक्ष गोल्छाले संक्षेपमा महासंघको भिजन पेपर प्रस्तुत गर्दै देशको आर्थिक विकासका लागि अबको एक दशकभित्र देशको आर्थिक वृद्धिदर एक सय खर्ब रुपैयाँ हुने बताए । हाल देशको आर्थिक वृद्धिदर करिब ३९ खर्ब रुपैयाँको छ ।

भिजन पेपरमा भएका प्रमुख विषयहरु प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले अबको १० दिनभित्र सो भिजन पेपर प्रस्तुत गर्ने बताए । उनका अनुसार २०३० सम्म २२ लाख मानिसलाई रोजागारी प्रदान गर्ने किसिमले काम हुने पनि बताए ।

भिजन पेपर २०३० सम्ममा विश्वमा विभिन्न देशलाई हेर आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यकता र प्राथमिकताका साथ गर्ने गोल्छाको भनाई छ ।

‘हामी लाभ हुने क्षेत्र, बजारको रणनीत, सम्भावनाको खोजी र त्यसको कार्यान्वयनको लागि सुक्ष्म अध्ययन गरेर अगाडि बढ्छौं, हामीले मुख्य प्राथमिकताका क्षेत्रहरु पहिचान गरेर काम गर्छौं,’ अध्यक्ष गोल्छाले भने ।

उनले देशको आर्थिक विकासका लागि कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, साना तथा मझौता व्यवसायीको आर्थिक विकास, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन र क्षमता विकास र जिम्मेवार निजी गरी १० वटा पिलरहरु सम्झेर काम गर्ने बताए ।

अबको महासंघ तथ्यांक र भिजन सहितको भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि लागि पर्ने उनको भनाई छ ।
अर्थतन्त्रको विकासका लागि महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना भिजन पेपरमा उल्लेख छ ।

यसका साथै महासंघले मुलुकमा निजी क्षेत्रको विकाससँगै प्रयाप्त कल कारखानाको विकास गर्दै प्रति वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना गर्ने महत्वाकांक्षी योजना बनाएको छ ।

यस्तै महासंघले महासंघको सचिवालयको सुधार, विभिन्न कार्य समितिहरूको गठन र जिम्मेवारी बाँडफाँड लगायतका काममा उल्लेखनीय काम गरेको गोल्छाको भनाई छ ।

महासंले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि विभिन्न ४ वटा क्षेत्रगत रुपमा सदस्य सेवा केन्द्र स्थापना हुने पनि बताएको छ ।

कर, राजश्व, बैंकिङ श्रम र मेलमिलाप सम्बन्धि क्षेत्रका लागि महासंघले सदस्य सेवा केन्द्र स्थापना गर्ने बताएको छ । त्यसका लागि नेतृत्व पनि तोकिसकेको छ । उनले साना तथा मझौला उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्नको लागि ती सेवा केन्द्रहरुले महत्वपूर्ण काम गर्ने उल्लेख पनि गरे ।

सम्बन्धित सामग्री

एफएनसीसीआई कार्य समितिको १०० दिनः प्रादेशिक संरचना र रणनीतिमै फोकस, साधारणसभा चैतमा तय

One comment on "एफएनसीसीआईको भिजनः २०३० सम्म १ सय खर्बको अर्थतन्त्र, २२ लाखलाई रोजगारी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.