टेलिकमको सञ्चालकमा लगानीकर्ता पौडेलको उम्मेदवारी, लगानीकर्तालाई उचित प्रतिफल दिने प्रतिबद्धता

  २०७७ फागुन २५ गते १६:४८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक पदमा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका हुन् ।

आगामी चैत २३ गते हुने टेलिकमको वार्षिक साधारण सभाले कम्पनीकाे सर्वसाधारण सेयरधनीको तर्फबाट एक संचालक सदस्यको निर्वाचन गर्दै छ । पौडेल सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन् ।

उनले उक्त पदमा निवार्चित भएसँगै नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता गरेका छन् ।

‘नेपाल टेलिकममा मैले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यवस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै मेरो लगानी सम्बन्धी ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’, सामाजिक सञ्चालमार्फत लगानीकर्ता पाैडेलले बताए ।

‘टेलिकममा नेपाल सरकार ९१.४९ प्रतिशत, सर्वसाधारण सेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको कम्पनी हो । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो । नेपाल टेलिकमले आफ्नो पुँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सहि किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबैभन्दा बढी राजश्व दिने, कर्मचारीलाई सबैभन्दा बढी बाेनस दिने र लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल दिने र पुँजीबजारको सबैभन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने छ’, उनले बताए ।

नेपाल टेलिकमले आगामी चैत १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको हो ।

सम्बन्धित समाचार

नेपाल टेलिकमले डाक्यो वार्षिक साधारणसभा, ४० प्रतिशत नगद लाभांश पारित गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.