एसईई परीक्षा जेठ १३ गतेदेखि हुने

  २०७७ फागुन २५ गते १२:२०     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी २०७८ साल जेठ १३ गतेदेखि संचालन गर्ने भएको छ ।

बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म २०७७ सालको एसईई परीक्षा संचालन गर्ने निर्णय गरेको हाे ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गरेपनि यस वर्ष भने बाेर्डले नै परीक्षा लिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.