सीएनआईकाे ‘मेक इन नेपाल स्वदेशी अभियान’: वार्षिक १ हजार उद्योग स्थापना, डेढ लाखलाई रोजगारी

  २०७७ फागुन २४ गते १९:१८     विकासन्युज

काठमाडौं । हाम्रो सामान, हाम्रै स्वाभिमान भन्ने नारासहित नेपाल उद्योग परिसंघ (सीएनआई) ले मेक इन नेपाल स्वदेशी अभियान सुरुवात गरेको छ । परिसंघले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेक इन नेपाल स्वदेशी अभियान’को सुरुवात गरेको हो । सो अभियानको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिई त्यसको गुणस्तरियता र बजारिकरणलाई पनि प्राेत्साहन दिने उद्धेश्यले परिसंघले सो अभियानको सुरुवात गरेको परिसंघका अध्यक्ष सतिश कुमार मोरले बताए ।

देशमा भएका विभिन्न चुनौतीहरुलाई अवसरका रुपमा स्थापित गर्ने, उत्पादनलाई प्राथमिकता दिने, औद्यागिक वातावरण सिर्जना गरी आत्मनिर्भरको बाटोमा देशलाई डाेर्याउनुका साथै स्वदेशी उद्योगलाई स्थापित गर्ने उद्धेश्यले यो अभियानको सुरुवात गरेको अधयक्ष मोरको भनाई छ ।

देशमा हाल भइरहेको आयातलाई विस्थापित गरी स्वदेशी उत्पादन, विभिन्न वस्तुको गुणस्तरियता कायम गरी बजारिकण गर्ने मुख्य उद्धेश्यले याे अभियानलेकाे सुरुवात गरिएको उनले बताए ।

‘हामी अब देशमा औद्योगिक वातावरणको विकासमा जोड दिन्छौं, औद्योगिक वातावरण सिर्जना गरी देशका युवाहरुलाई देशमै स्वरोजगार बन्नतर्फ जोड दिन्छौं, वस्तु आयातभन्दा पनि निर्यातलाई बढी प्राथमिकता दिन्छौं, त्यसको एक अभियान हो मेक इन नेपाल स्वदेशी अभियान,’ अध्यक्ष मोरले भने ।

नेपाल उद्योग परिसंघले सुरु गरेको अभियनमा सन् २०२५ सम्ममा मुलुकको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान २२ प्रतिशत र सन २०३० सम्ममा २६ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

वार्षिक डेढ लाखलाई रोजगारी, १ हजार उद्योग

यस्तै, मेक इन नेपाल स्वदेशी अभियान कार्यक्रमको उद्धेश्य र योजनाहरु प्रस्तुत गर्दै परिसंघका प्रमुख आर्थिक सल्लाहकार विश्व पौडेलले वार्षिक १ लाख ५० हजार जना मानिसलाई यस अभियान मार्फत रोजगारी दिन सक्ने बताए ।

उनले हरेक वर्ष एक हजार नयाँ उद्योग थप्ने लक्ष्य रहेको पनि सुनाए । उनका अनुसार यस कार्यक्रम मार्फत वार्षिक साढे ४ अर्ब अमेरिकी डलर अर्थात ५ खर्ब नेपाली रुपैयाँको वस्तु निर्यात गर्न सकिने लक्ष्य लिएको छ । नेपाली औद्योगिक क्षेत्रका लागि विजनेस फ्रेण्ड्ली वातावरण सिर्जना गर्नको लागि यो अभियान कोसेढुङ्गा सावित हुने उनको भनाई छ ।

यस्तै, कार्यक्रममा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले सबै नेपालीलाई सँगै लैजाने, सरकारसँग समन्वय गरेर निजी क्षेत्र अगाडि बढ्ने, वस्तुको पहिचान र रणनीति बनाएर अगाडि योजना यस अभियानको भएको बताए ।

‘स्वदेशमा उत्पादित वस्तुको प्रोहत्सान तथा उपभोग वृद्धि, गुणस्तरियता पहिचान गर्ने हाम्रो मुख्य उद्धेश्य हो, यसका साथ साथै रोजगारी बढाउने, वस्तुको गुणस्तर र बजार मुल्य तय गरेर उतपादित वस्तुलाई निर्यात गर्ने यो अभियानको उद्धेश्य हो,’ उनले भने ।

उनका अनुसार हरेक नेपालीलाई यस कार्यक्रममा सहभागी गराइने छ । अन्तर्राष्ट्रिय गुणस्तर र मापदण्डका वस्तु उत्पादन गरेर निर्यात गर्न यस कार्यक्रमले धेरै सहयोग गर्ने उनको भनाई छ ।

प्रधानमन्त्रीले भनेः अनावश्यक वस्तु आयात नगर्नुस्

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुर्लाइ अनावश्यक वस्तुहरु आयात नगर्न पनि आग्रह गरेका छन् ।

उनले पछिल्लो समय अनावश्यक वस्तुहरु उद्योगी व्यवसायीले आयात गरिरहेको र त्यसले नेपाली पैसा विदेशी रहेको उल्लेख गदै उनले त्यसलाई न्युनिकरण गर्न आग्रह गरेका हुन् ।

‘नेपालले वस्तु उत्पादन बढाउँदै अन्तर्राष्ट्रिय बजारमा त्यसलाई निर्यात गर्ने गरी काम गर्नुपर्छ, ताकि विदेशी अनावश्यक वस्तु नेपाल भित्र्याउनु हुन्न, अत्यावश्यक वस्तु मात्र आयात गरौं,’ उनले भने ।

सरकारले पनि सम्वृद्ध नेपाल सुखी नेपालीको नारा लिएकोले र यो मेक इन नेपाल अभियानले पनि सरकारले लिएको नारालाई साकार पार्न धेरै सहयोग गर्ने बताए ।

उनले देशलाई औद्योगिक बाटोतर्फ डोर्याउनको लागि निजी क्षेत्रकाे पनि महत्वपूर्ण योगदान हुने भएकोले निजी क्षेत्रले गर्ने हरेक काममा सरकारको पूर्ण साथ सहयोग रहने पनि धारणा राखे ।

सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यक: मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यक रहेको बताएका छन् । सो कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका मन्त्री भट्टले देशको अर्थतन्त्र विकास तथा औद्योगिक वातावरण सिर्जना गर्नको लागि सरकार र निजी क्षेत्रबीच मित्रवत सम्बन्ध हुनु पर्ने धारणा राखेका हुन् ।

‘देशको औद्योगिक विकासलाई माथि उठाउन र अर्थतन्त्रलाई सुधार गर्नको लागि सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यक छ, यसका लागि हामी विभिन्न औद्योगिक संघ संस्थासँग सहकार्य पनि गरिरहेका छौं, अझै पनि समधुर सम्बन्ध बनाई अगाडि बढ्न आवश्यक छ, यसका लागि हामी प्रतिवद्ध छौं,’ मन्त्री भटट्ले कार्यक्रममा भने ।

यस्तै, उनले कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा धेरै समस्या भएपनि वस्तु आपुर्ति र सप्लाईमा निजी क्षेत्र र सरकारको राम्रो सम्बन्ध स्थापित भई काम भएको धारणा राखे ।

देशमा हाल औद्योगिक विकासका काम पनि भइरहेको बताउँदै त्यसमा सहकार्य गर्न पनि आवश्यक रहेको उनले बताए ।

देश कृषि प्रधान भनेपनि खाद्य वस्तुको प्रयाप्त आयात भइरहेको प्रशंगलाई जोड्नै उनले भने,‘ हामी कृषि प्रधान देश भन्छौं, तर, वर्षेनी अर्बौंको खाद्य वस्तु आयात हुन्छ, यसलाई विस्थापित गर्न हामी सबैले सहकार्य गर्न आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.