विप्लव भन्छन्- सरकारसँगको सहमतिमा शंका गर्नुपर्दैन

  २०७७ फागुन २१ गते १७:२७     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमती पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमतीमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका हुन् ।

आफ्नो पार्टीले सहमती पालन गर्ने भन्दै उनले कसैले पनि आशंका गर्न आवश्यक नरहेको बताए । कम्युनिष्टहरु आफ्नो मान्यता देश माथि हस्तक्षेप भएको महशुस हुँदा बिद्रोह गर्ने र राज्यले बदलिएको परिस्थितिमा आफ्नो भूमिका पुरा गरेको स्थितिमा कम्युनिष्टहरु शान्तिको दुत बन्ने पनि उनको भनाई छ ।

‘हामी कम्युनिष्ट जतिबेला अन्याय हुन्छ । जतिबेला आफ्ना मान्यताहरु माथि हमला भएको महशुस हुन्छ । आफ्नो देशमाथि अतिक्रमण भएको वा कसैले हस्तक्षेप गरेको अनुभुति हुन्छ । उनीहरु बिद्रोह गर्छन् । हामी कम्युनिष्टहरु हाम्रा मान्यताहरु माथि हमला हुँदाखेरी, हाम्रा आकांक्षा माथि हमला हुदाँखेरी, हाम्रो देशमाथि धावा हुँदा, हाम्रो देशमाथि कसैले अलिकति गिददे दृष्टि लाउँदा हामी बिद्रोह गर्छौ । हामी विद्रोह गर्ने मान्छेहरु हौं र विद्रोह गर्दै अहिलेसम्म आएका छौं । तर कम्युनिष्टहरु विद्रोह मात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ । परिस्थिति बदलिएको स्थिति भएर राज्यले आफ्नो भुमिका पुरा गरेको स्थितिमा कम्युनिष्टहरु भनेका शान्तिका दुत पनि हुन । विद्रोहका योद्धा मात्रै होइन शान्तिका दुत पनि संसारमा कोही छन् भने कम्युनिष्टहरु नै छन् । सम्पूर्ण उत्पीडनलाई मिल्काएर समाजमा दिर्घकालिन ढंगले न्यायपूर्ण समाज स्थापित गर्ने विचार, दृष्टिकोण र आकांक्षा कहिँ छ भने त्यो कम्युनिष्ट आन्दोलनसँग छ । त्यो हामीलाई विश्वास छ । त्यसैले त्यो आकांक्षासहित हामिले संघर्ष गरेका छौं । र आजको परिवेश बदलिएपछि हामिले भनेका छौँ, तीन बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ । यसलाई हामि पालना गर्छौ । यसलाई हामि दृढतापूर्वक भन्छौ यहाँ कसैले पनि कहिबाट पनि आशंका या विभिन्न ढंगले यसलाई उत्तेजनात्मक या अर्को ढंगले कुर्तक गर्न जरुरी छैन । हामी प्रतिबद्ध छौँ । यसलाई हामि पालना गर्छौ ।’, उनले भने ।

महासचिव विप्लवले देशलाई आत्मनिर्भर, स्वाधिन र सुन्दर बनाउने सपना सहित सहमती भएको दाबी गरे । देशमा शान्ति, स्थिरता र समृद्धिको आकांक्षा सहित सहमती गरिएको उनको जिकिर छ ।

‘यो सहमती केवल नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्रै कुरा होईन । यो सहमती केवल पार्टीको कुरा मात्रै होइन । र केही नेताहरुको कुरा होईन । यो सहमतीको पछाडी हाम्रो त्यो भित्र लुकेको एउटा महान आकांक्षा छ । नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधिन र सुन्दर देश बनाउने सपना यो भित्र छ । यो भित्र देशमा दिर्घ शान्ति, स्थिरता, र नेपाली जनताको अहिलेसम्म पुरा नभएको समृद्धिको आकांक्षा, नेपालको युवाहरु भित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहाना यो भित्र रहेको छ । त्यसैले यसलाई पुरा गर्नको लागि जसरी हामीले सम्पूर्ण क्षेत्रबाट एउटा सकारात्मक सहयोग प्राप्त गर्याैं हामी खुशी छौं र हामी धन्यवाद दिन चाहान्छौं ।’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.