हाउजेको सातौं शोरुम काठमाडौंको चाबहिलमा, शाखा विस्तारमा आक्रमक बन्दै

  २०७७ फागुन २१ गते १७:१०     विकासन्युज

काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको नयाँ शोरुम चाबहिलमा विस्तार भएको छ । कम्पनीले आज(फागुन २१ गते) उक्त स्थानमा नयाँ अर्थात आफ्नो सातौं शोरुम सञ्चालनमा ल्याएको हो ।

उक्त शोरुमको उद्घाटन शेर्पा एशोसियसनका विश्वव्यापी अध्यक्ष आङ दोर्जे लामा, अमरराज कर्णिकार र बौद्ध सामुदायिक संस्थाका अध्यक्ष जय मंगल लामाले उद्घाटन गरेका हुन् ।

नयाँ शोरुम उद्घाटन गरेको अवसरमा कम्पनीले विशेष छुटका साथै बाइक किन्ने ५ जना ग्राहकलाई हाउजे बाइकको चाबी हस्तान्तरण गरेको छ ।

शोरुम सञ्चालक मिनराज शाक्यले हाउजेको शोरुमबाट बिक्री पछिको सेवालाई पनि ध्यान दिने जानकारी गराएका छन् ।

कम्पनीले यसअघि काठमाडौं उपत्यकाको कमलपोखरी, टेकु र नयाँ बजारमा शोरुम विस्तार गरि सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, उपत्यका बाहिर चितवन, हेटौंडा र संखुवासभामा कम्पनीको शोरुम रहेको जानकारी गराएको छ ।

कम्पनीले केही दिनमै नेपालका सबै मूख्य सहरदेखि गाउँसम्म हाउजेको शोरुम सर्भिस सेन्टर र पाट्र्स सहितको शाखाहरु विस्तार गर्ने लक्ष्य लिएर आक्रामक शैलीमा बाइक तथा स्कुटर बजारको हिस्सा ओगट्ने उद्देश्य रहेको छ ।

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर विस्ता गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दाबी छ ।

इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टससमेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.