नेपाल बैंकमा काम गर्ने अवसर, ठूलो संख्यामा माग्यो कर्मचारी, कसले दिन पाउँछन् आवेदन ?

  २०७७ फागुन २१ गते १४:३६     विकासन्युज

काठमाडौैं । नेपाल बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले  विभिन्न पदमा १ सय ९० कर्मचारी माग गरेको हाे । बैंकले केन्द्र तथा विभिन्न प्रदेशमा खुल्ला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको हो ।

बैंकले सहायक प्रबन्धकमा २० जना कर्मचारी माग गरिएको छ। यसमा व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेकाले आवेदन दिन सक्नेछन् । यस्तै, आइटीतर्फको सहायक प्रवन्धकमा ४ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रबन्धकमा १० जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रबन्धकमा १ कर्मचारी माग गरिएको छ ।

इच्छुकले फागुन २१ गतेदेखि चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइनबाट फारम भरी साथमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो स्क्यान तथा एट्याच गरी पठाउनुपर्नेछ ।

सम्बन्धित विषयमा स्नातककोत्तर गरेकाले यो पदमा आवेदन दिन सक्नेछन् । आवेदकको परीक्षा शुल्क ८ सय तोकिएको छ ।

त्यस्तै विभिन्न प्रदेशका शाखा कार्यालयका लागि सहायक पदमा ७८ कर्मचारी माग गरिएको छ। जसअन्तर्गत प्रदेश १ अन्तर्गतका शाखा कार्यालयका लागि १७ जना, प्रदेश दुईका लागि २८, वाग्मती प्रदेशकाे लागि २१, गण्डकी प्रदेशकाे लागि ५, कर्णाली प्रदेशकाे लागि १ र सुदुरपश्चिमकाे लागि ६ जना सहायक पदमा कर्मचारी माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.