महालक्ष्मी विकास बैंकको चैत ३ गते बुक क्लोज

  २०७७ फागुन २१ गते ११:३६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको आगामी चैत ३ गते बुक क्लोज हुने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो ।

संस्थाको आगामी वार्षिक साधारणसभा चैत १३ गते हुने भएको छ । संस्थाको १९औं वार्षिक साधारणसभा सो दिन काठमाडौंको दरवारमार्गस्थित बैंकको रजिष्ट्रर कार्यालयमा बस्दै छ ।

यससँगै चैत २ गतेसम्म कायम सेयरधनीले मात्र संस्थाको प्रस्तावित लाभांश पाउन र सभामा सहभागि हुन योग्य हुनेछन् ।

विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.