एक घण्टामै ६० अंकले बढ्यो नेप्से, चन्द्रागिरीको सेयर मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्यो ?

  २०७७ फागुन २० गते १२:१०     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजार खुलेको एक घण्टामै नेप्से परिसूचक ६० अंकले उकालो लागेको छ । नियमित समयमा खुलेको बजारमा ११ बजेर ५८ मिनेटको अवधिमा परिसूचक ५९.८९ अंकले बढेर २४७५.८९ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.४८ प्रतिशतले बढी हो ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म १९४ कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । यो अवधिमा २१ लाख ७० हजार ९०४ कित्ता सेयर किनबेच भइसकेका छन् ।

बिहीबार कारोबार खुलेको केही अवधिमै चन्द्रागिरी हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पछिल्लो केही दिनदेखि बजार घटेपनि बढेपछि पछिल्लो केहि दिनदेखि यता कम्पनीको सेयर मूल्यमा निरन्तर पोजेटिभ सर्किट लागिरहेको छ । बिहीबार पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको छ । जुन बुधबारको तुलनामा ५५ रुपैयाँले बढी हो ।

त्यस्तै, म्युचुअल फण्ड बाहेक बाँकी समूह हरिया देखिएका छन् । जसमध्ये जीवन बीमा समूह ५३५ अंकले बढेकाे छ । म्युचुअल फण्ड समूह भने सामान्य ०.१५ अंकले घटेकाे छ ।

याे समाचार तयार पार्दासम्म सबैभन्दा बढी काराेबार हुनेकाे अग्रस्थानमा एनटीसी(नेपाल दुरसञ्चार कम्पनी) रहेकाे छ । कम्पनीकाे ९ कराेड ४६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भइसकेकाे छ । जसकाे सेयर मूल्य प्रतिकित्ता १२०३ रूपैयाँकाे हाराहारीमा खरिद बिक्री भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.