विप्लव नेतृत्वको नेकपाले हिंसा त्याग्यो, सरकारसँग ३ बुदे सहमति

  २०७७ फागुन २० गते ११:१२     विकासन्युज

काठमाडौं । हिंसात्मक आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच ३ बुँदे सहमति भएको छ । सो सहमतिसँगै उसले हिंसा त्याग गर्ने प्रतिवद्धता जनाएको छ ।

फागुन १९ र २० गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको वार्ता ३ बुँदे सहमतिमा पुगेर टुंगिएको हो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा तथा विद्रोही विप्लव नेतृत्वको नेकपाको तर्फबाट खड्गबहादुर विश्वकर्मा नेतृत्वको वार्ताटोली ३ बुँदे सहमतिमा पुगेको हो ।

सहमतिमा विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादको माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र सरकारको तर्फबाट लगाइएको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषय रहेका छन् । सो सम्बन्धमा दुबै पक्षका वाताटोली संयोजकले संयुक्त हस्ताक्षर गरी जानकारी दिएका छन् ।

सहमतिको विस्तृत विवरण फागुन २१ गते २ बजे विशेष समारोहबीच सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्वोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.