बोनस पछि ३० प्रतिशत हकप्रद जारी गर्दै शिखर इन्स्योरेन्स, सर्वसाधारणको हिस्सा ९ प्रतिशतले बढाउने

  २०७७ फागुन १७ गते १०:५६     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बोनस सेयर पछि कायम हुने चुक्ता पँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा ३६.१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बोनस पश्चात कायम हुने चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव अगामी वार्षिक साधारणसभामा पेश गरेको छ ।

कम्पनीको एकैपटक दुई वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले १५औ तथा १६औं वार्षिक साधारणसभा आगामी चैत ९ गते सोमबार बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय शिखर बीज सेन्टर थापाथलीमा हुने भएको छ ।

सभामा जार्ने प्रयोजनको लागि आगामी फागुन २६ गतेदेखि चैत ९ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । यससँगै फागुन २५ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुने छन् ।

साथै, सभाले प्रस्तावित बोनस सेयरको कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले अधिकृत पुँजी बढाएर ४ अर्ब रुपैयाँ पुर्याउँदै छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ संचालक निर्वाचित गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.