अप्पर स्याङ्गे हाइड्रोपावरकाे शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

  २०७७ फागुन ११ गते १२:२१     विकासन्युज

काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावरकाे २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त परियोजना लमजुङ्ग जिल्लाको मर्स्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीर बहादुर घलेले यो परियोजना कोभिड-१९ को प्रभावको बाबजुद बजेटभित्रै रही छिटै नै निर्माण सम्पन्न हुने जानकारी दिए ।

यस परियोजनामा कृति भेन्चर फण्ड, भेष्ना भेन्चर फण्ड र व्यक्तिगत लगानिकर्ताहरुले लगानी गरेका छन् । माछापुच्छ्रे्े कृति क्यापिटलले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट) यस परियोजनाको स्थापनाकाल देखिनै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदान गर्दै आएको छ । साथै यस परियोजनाका लागि आवश्यक ऋण साझेदारका रुपमा प्राइम कमर्शियल बैंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.