२०७७ फागुन ११ गते १२:०२ विकासन्युज
काठमाडौं । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार यसको लागि सम्झौता भएको हो ।
माबिलुङ्ग इनर्जी लि। संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा।वि।स।हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४।९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि
उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेको छ । बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्व.लगानी रहनेछ ।
यसमा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख लागत रहनेछ ।
माबिलुङ्ग इनर्जी लि। र नेपाल विद्युत प्राधिकरणबीच गएको श्रावण ९ गते विद्युत खरिद सम्बन्धि सम्झौता भएको थियो भने श्रावण ९ गते उर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमति प्राप्त गरेको हो ।
माबिलुङ्ग इनर्जीलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेश लाल श्रेष्ठ छन् ।
उत्पादन क्षमता ४।९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि। ले झण्डै २८।४१७ गेगावाटआवर ९न्ध्ज० विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०१९र२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५।३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ ।
साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएका छन् र तिनीहरुको संयुक्त उत्पादन ६९६।१७ मेगावाट रहेको छ ।
Copyright © 2021 Bikash Media Pvt. Ltd.