भारतमा ट्वीटरको विकल्प बन्दै कु एप, छिटै १२ भाषामा उपलब्ध हुने

  २०७७ फागुन ९ गते १८:४१     विकासन्युज

एजेन्सी । भारतमा ट्वीटरको साटो ‘कु’ (Koo) नामक एप लोकप्रिय बन्दै गएको छ । यो एपले ‘आत्मनिर्भर एप च्यालेन्ज २०२०’ बाट सम्मानित भईसकेको छ । भारत सरकार र ट्वीटरबीच द्वन्द्व बढ्दै गएपछि यो नयाँ एप प्रयोगमा आएको थियो । गत जनवरी २६ मा भारतको नयाँ दिल्लीमा भएको प्रदर्शनका बारेमा अफवाह फैलाएको आरोपमा भारत सरकारले ट्वीटरलाई केही एकाउन्टहरु बन्द गर्न आग्रह गरेको थियो ।

भारत सरकारको आग्रहलाई ट्वीटरले पालना नगरेपछि द्वन्द्व बढ्दै गएको थियो । मोदी सरकारले विपक्षी दलका नेता, केही मिडिया तथा पत्रकार लगायतको एकाउन्ट बन्द गर्न आग्रह गरेको थियो । त्यसपश्चात सरकारी तहबाटै ट्वीटरलाई वहिष्कार गर्दै नयाँ एप कु को प्रयोग बढेको थियो । हाल ‘कु’ एप अंग्रेजी सहित पाँच भाषामा उपलब्ध छ । डेभ्लपरले यसलाई १२ वटा भाषामा सञ्चालन गर्न लागेको जि न्युजले लेखेको छ ।

आत्मनिर्भर एप च्यालेन्ज २०२० बाट सम्मानित भईसकेको कु एप आउने दिनमा विश्व स्तरमै उत्कृष्ट बन्ने जि न्युजले दावी उल्लेख गरेको छ । गत वर्षको मार्चमा यो एपको लन्च गरिएको थियो । भारतीय अधिकारीहरुले खुलेर यस एपको प्रयोग गर्न प्रचारप्रसार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.