सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप

  २०७७ फागुन ९ गते १२:२२     विकासन्युज

सिरहा । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.