सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धि तालिम सुरु

  २०७७ फागुन ७ गते १८:३३     विकासन्युज

काठमाडौं । बागलुङको सिवाईसी बचत तथाऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दुई दिने सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धि तालिमको सुरुवात भएको छ ।

संस्थाले सदस्य सेवाकेन्द्र मार्फत आफ्ना सेवाहरुलाई धौलागिरी क्षेत्रमाविस्तार गरिरहेको परीप्रेक्षमा सेवाकेन्द्र सञ्चालनका लागि गठन गरिएका सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धिगर्ने अभिप्रायले तालिमको आयोजना गरेको हो ।
तालिम नेफ्स्कूनका पूर्व सञ्चालक एवं प्रशिक्षक ईन्द्रज्योती पौडेलले उद्घाटन गरेका हुन् ।

उद्घाटनकाक्रममा बोल्दै प्रमुख अतिथीपौडेलले सहकारी संस्थाहरुले सहकारीको मुल मर्म अनुसार घरदैलोमा सेवा, सहज सेवा र सदस्यहरुको आवश्यकताअनुसारको सेवाप्रदान गर्नुपर्ने बताए । कार्यालयहरुलाई व्यवसायीक, समितिउपसमितिहरुलाई दक्ष र कर्मचारीहरुलाई योग्य र सक्षमबनाउन सकेमा मात्र संस्थाको उद्देश्य परिपुर्ति हुने बताउँर्दै पौडेलले सिवाईसीले नेपालमै सबैभन्दा धैरै सहकारी संस्थाहरु एकीकरण गरेर संस्थालाई मजबुतबनाउने अभियानमाआफुलाई अव्वल सावित गरेको उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले पछि पारे पारिएका मुल प्रवाहमा आउन नसकेका वर्गलाई सहकारी मार्फत विकासको मुल प्रवाहमा ल्याउनका लागि सिवाईसीको स्थापना उनले पछिल्लो समयमा पैसाको भन्दापनिमानवियमुल्यगुमीरहेकाले सहकारी संस्थाहरुले पैसासंगसंगै मानवियमुल्य जोगाउने दिशातर्फ पनिध्यानदिनुपर्ने कुरामा जोड दिए ।

२ दिनसम्म सञ्चालन हुने तालिममा सेवा केन्द्र सञ्चालन तथाव् यवस्थापन उपसमितिको काम कर्तव्य र अधिकार, संस्थाबाटलगानीहुने ऋणको व्यवस्थापन, भाखानाघेको ऋणको व्यवस्थापन, सहकारी संस्था सञ्चालनमा समिति उपसमितिको भूमिका लगाएतक ाविषयमा प्रशिक्षक ईन्द्रज्योतीपौडेल र चण्डिप्रसाद शर्मा पौडेलले सहजिकरण गर्ने संस्थाले जनाएको छ ।

सहकारी क्षेत्रमा नेपालमै अव्वल संस्थाको रुपमाआफुलाई सावित गरिसकेको संस्थामाहाल ११२ जना कर्मचारी, २२ वटा कार्यालयहरु, १५ हजार १ सय ६८ जना सदस्य, १ हजार ९ सय बालबचतकर्ता, २९ करोड ४२ लाख शेयर पुँजी, १ अर्व ३२ करोड बचत, १ अर्व ३ करोड लगानीमा रहिरहेको ऋण, ९ करोड ७२ लाख कोष र १ अर्व ८१ करोड बराबरको कुल सम्पत्ति रहेको छ । पछिल्लो समयमा संस्थाले धौलागिरी क्षेत्रभर आफ्ना सेवाकेन्द्रहरु मार्फत सदस्यहरुलाई घरदैलोमै सेवाप्रवाह गर्नका लागि सेवा केन्द्र स्थापनामा निरन्तरता दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.