एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त

  २०७७ फागुन ६ गते ११:३९     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाे ।

केसीलाई बैंकले २०७३ साल चैत १ गते देखि लागु हुने गरी पहिलाेपटक बैंककाे प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेको थियाे । केसी त्यसअघि बैंकको डेप्युटी सिइओ पदमा कार्यरत थिए ।

केसीले सन १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यसपछि उनी एक वर्ष तत्कालिन एनआइसी बैंकमा आवद्ध भए । त्यसको केहि समयपछि नै केसी पुनः स्ट्याण्डर्ड चाटर्ड बैंकमै फर्किए । दुई पटक गरेर उनले स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ वर्ष काम गरेका थिए ।

एनएमबी बैंकमा भने उनी १२ वर्ष अघि डिजिएमका रुपमा प्रवेश गरेका थिए र जीएम, डेप्युटी सिईओ हुँदै हाल सिईओका रुपमा काम गरिरहेका छन् । केसीले भारतबाट एमबीए गरेका छन् । बैंकभित्र ट्रेजरी, कर्पाेरेट बैकिङ, फाइनान्स, अपरेशन लगायत क्षेत्रमा बढी काम गरेकाे अनुभव उनीसँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.