फोटोन भ्यानमा अब शतप्रतिशतसम्म फाइनान्सिङ

  २०७७ फागुन ५ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालमा भर्खरै सार्वजनिक गरेकाे भ्यु सीएस२एल भ्यानमा शतप्रतिशत फाइनान्सिङको अफर ल्याएकाे छ ।

एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु सीएस२एल भ्यान खरिद गर्न चाहने ग्राहकलाई एक सय प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिएको हो ।

यो सुविधा उपभोग गर्ने ग्राहकले अधिकतम ७ वर्षको ऋण अवधि पाउनेछन् । यो अफरले व्यवसायिक प्रयोजनका लागि भ्यान खरिद गर्न खोजिरहेका ग्राहकलाई सहज बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ ।

फोटोन भ्यु सीएस२एल नेपालमा भर्खरै सार्वजनिक भएको १९–सिटे भ्यान हो जसमा विश्वमै सबैभन्दा बढी विश्वासिलो आईएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ । यसमा रहेको थप तीन वटा सिटले गर्दा यसमा दुई गुणा बढी आम्दानी हुन्छ । यस भ्यानमा डुअल एअरब्याग, इबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डेर रनिङ लाइट जस्ता बेस्ट इन क्लास फिचर छन् ।

फोटोन मोटर ग्रुप संसारकै अग्रणी अटोमोबाइल कम्पनी हो जसले ट्रक, बस, एसयुभी र कृषिजन्य मेसिनहरु उत्पादन गर्छ । सन् १९९६ मा स्थापना भएको फोटन मोटर ग्रुपका उत्पादन एकसय १० मुलुकमा उपलब्ध छन् भने विश्वका २७ वटा स्थानमा एसेम्ब्ली प्लान्ट छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.