टाटाको बिएससिक्स इन्जिनका गाडीहरुको प्रि–बुकिङ खुल्ला

  २०७७ फागुन २ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपालको लागि टाटा मोटर्स्को आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा प्रि. बुकिङ खुल्ला गरेको छ । कम्पनीले भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच फाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरेको हो ।

न्यु फरेवरको अवधारणा सहित अत्याधुनिक प्रविधि युक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फो स्टार रेटिङ पाएका टाटाको यी गाडीहरुले सबैको मन जित्ने कम्पनीकाे दाबी छ । साथै प्रि–बुकिङ गर्ने पहिलो १०० जना ग्राहकहरुलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारहरु अन्तर्गत ग्राहकहरुले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ बर्षको निःशूल्क सर्भिसिङ्ग र निःशूल्क जेन्युइन एसोसेरिजहरु प्राप्त गर्नेछन् ।

ग्लोबल एन क्यापको रेटिङ अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन । उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभुती गर्न सकिने यी गाडीहरु अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमता सहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.