महुली लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०७७ फागुन २ गते ११:२३     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश(कर प्रयाेजनकाे लागि समेत) गरी कूल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस सेयर र १९ लाख ७९ हजार ५१० रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित बोनस सेयर अघिल्लो वर्षको तुलनामा बराबर हो भने कुल लाभांशदर कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५र७६ को नाफाबाट सेयरधनीलाई ३१.५७९ प्रतिशत लाभांश(२० प्रतिशत बोनस र ११.५७९ प्रतिशत नगद) वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.