नेसनल जिओग्राफीकाे वृतचित्रमा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको कथा

  २०७७ माघ २७ गते १६:०९     विकासन्युज

काठमाडाैं । विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जिओग्राफीक डकुमेन्ट्री फिल्मसले निर्माण गरेको वृतचित्र ुओन द रुम मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ ।

पाण्डे नेपालमा पहिलोपटक सप्राइज प्लानिङ तथा गिफ्टिङ सेवा भित्र्याउने कम्पनी अफरिङ ह्यापिनेसका सह-संस्थापक हुन् । सो कम्पनीले आफ्नो वेवसाइट मार्फत विगत ४ वर्ष देखि देश-विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच गिफ्ट तथा सरप्राइज आदान-प्रदान गर्ने सेवा दिँदै आएको छ ।

एमी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो वृतचित्रको ट्रेलर फेब्रुअरी ९ मा सार्वजनिक भएको हो । अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले ग्लाेबल स्टुडेन्ट इन्टरप्रेनरसिप अवार्ड फाइनल्सका लागि प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतिस्पर्धीहरु मध्ये पाँचजना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा डिजनी प्लसमा सार्वजनिक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.