सनराइज बैंककाे डेपुटी सीईओमा आरती राणा नियुक्त, भन्छिन्ः कम्पनीलाई थप उचाईमा पुर्याउँछु

  २०७७ माघ २६ गते १५:२६     विकासन्युज

काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा रहेकी राणालाई माघ २६ गते बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले डेपुटी सीईओ पदमा बढुवा गरेको हो ।

विगत १९ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा कार्यरत रहेकी राणा गत २०७६ कार्तिकमा सनराइज बैंकमा डीजीएमकाे पदमा आवद्ध भएकी थिइन् । उनले मार्केटिंग, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि लिएर बैंकिङ्गका विविध क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् ।

त्यसअघि उनी ग्लोबल आईएमई बैंकमा सहायक महाप्रबन्धकको रूपमा कार्यरत थिइन् । जहाँ उनले कर्पोरेट, पूर्वाधार र परियोजना वित्त, ल्याबिलिटी मार्केटिंग र व्यवसाय प्रवर्धन, ब्रान्चलेस बैंकिङ्ग, डिजिटल बैंकिङ्ग, कार्ड र रेमिट्यान्स जस्ता विभिन्न विभागको जिम्मेवारी सम्हालेकी थिइन् ।

एसआइबीएम कलेज भारतको पुनेबाट एमबीए गरेकी बैंकर राणाले २००३ सालदेखि एभरेष्ट बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा बैंकिङ्ग क्यारियर शुरू गरेकी हुन् । एभरेष्ट बैंकमा पाँच वर्ष कार्य पश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेकी उनले १२ वर्ष उक्त बैंकमा काम गरेकी हुन् ।

राणाले बैंकले आफूप्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पुर्याउन लागि पर्ने प्रतिवद्धता जनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.