साढे ९ करोड रुपैयाँ बक्यौता तिर्न ११ हवाई कम्पनीलाई क्यानकाे ताकेता, नेकोनले मात्रै ४ करोड तिर्नु पर्ने

  २०७७ माघ २६ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले विभिन्न ११ वटा हवाई सेवा कम्पनीहरुबाट साढे ९ करोड रुपैयाँ बक्यौता उठाउने भएको छ । प्राधिकरणले विभिन्न ११ वटा हवाई सेवा सञ्चालक कम्पनीहरुबाट ९ करोड ६८ लाख ७४ हजार रुपैयाँ बक्यौता असुल गर्नको लागिसूचना नै जारी गरिसकेको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै ३० दिन भित्र सो बक्यौता तिर्न ताकेता गरेको हो । प्राधिकरणले सार्वजकि गरेको सूचनाका अनुसार नेकोन एयर, शिवानी एयर, अल्पाईन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, साँग्रिला एयर, स्काईलाईन एयर, एयर काष्टमण्डप र नेपाल एयरवेजलाई बक्यौता तिर्नु पर्ने भएको हो । तर, हाल ती हवाई कम्पनीहरु सञ्चालनमा छैनन् ।

सूचनामा सबैभन्दा बढी अर्थात ४ करोड ७० लाख ६० हजार रुपैयाँ नेकोनले तिर्नु पर्ने भएको छ । यस्तै, शिवानीले ५५ लाख ५१ हजार, अल्पाईनले ७२ हजार, गोरखा एयरले २० लाख ३५ हजार, कर्णाली एयरले १७ लाख ४६ हजार, माउण्टेन एयरले १२ लाख ७३ हजार, कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार, साँग्रिलाले १५ लाख ३७ हजार, स्काईलाईन एयरवेजले १५ लाख ५० हजार, एयर काष्टमण्डपले ७ लाख ३८ हजार र नेपाल एयरवेजले ५ लाख ५० हजार रुपैयाँ बक्यौता तिर्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.