साेमबार सुन प्रतिताेला ९० हजार चार सयमा काराेबार

  २०७७ माघ २६ गते ११:११     विकासन्युज

काठमाडाैं । साेमबार सुनकाे मूल्य प्रतिताेला ९० हजार चार सयमा कायम भएकाे छ । आइतबार प्रतिताेला ९० हजार ६ सयमा काराेबार भएकाे सुन २ सय रुपैयाँले घटेर साे मूल्य कायम भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । आइतबार ९० हजार १५० रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला २ सयले घटेर ८९ हजार ९५० रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतिताेला १३१५ रुपैयाँ काराेबार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.