मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र

  २०७७ माघ २४ गते १४:३९     विकासन्युज

वाग्मती । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ ।

मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भइसकेका छन् । सङ्क्रमित सबै हेटाँैडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्यालयले जनाएको छ ।

कारोना सङ्क्रमण शुरु भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । साथै एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएको छ । उक्त कार्यालयका अनुसार यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको आठाँै दिनसम्ममा एक हजार २१९ जनाले सो खोप लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.