नेरुडे लघुवित्तकाे वार्षिक साधारणसभा फागुन २२ गते, बुक क्लोज कहिले ?

  २०७७ माघ २१ गते १४:०५     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाकाे वार्षिक साधारणसभा आगामी फागुन २२ गते हुने भएको छ । संस्थाले प्रस्तावित लाभांश पारित गर्न सो दिन आफ्नो १४औं वार्षिक साधारणसभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि १९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

सभामा जाने प्रयोजनको लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म संस्थाको बुक क्लोज हुने छ । यससँगै फागुन ६ गतेसम्म कायम सेयरधनीले संस्थाकाे प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.