तीनकुनेको तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड, १२० रुपैयाँको कागती किनेर गभर्नरले गरे सुरुवात

  २०७७ माघ २१ गते १३:३५     विकासन्युज

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा पनि अब क्यूआर कोडकाे सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज १२० रुपैयाँको कागती खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानीको आरम्भ गरेका हुन् ।

माछापुच्छ्रे बैंकको सहकार्यमा सो तरकारी बजारमा क्यूआर कोडको सुरुवात भएको हो । उक्त क्युआर कोड सेवा सुरु भएसंगै हरित कृषि बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । सो बजारमा रहेका कुल १ सय ५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भएको छ ।

अब केही दिनमै सबै स्टलमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिने बताइएको छ । अधिकांश व्यापारीहरुले क्यू आर कोडमार्फत कारोबार हुने प्रणालीको सुरुवात गरेपछि उनीहरुलाई सम्बोधन गर्दै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए ।

‘क्यूआर कोड लगायतका अनलाइन भुक्तानीले पारदर्शीता सँसँगै समयको पनि बचत हुने गभर्नर अधिकारीले बताए । यसले कारोबारमा पारदर्शिता ल्याउँछ, बैंकबाट कर्जा पाउन पनि सजिलो हुन्छ,’ उनले भने ।

यस्तै, उनले क्यूआर कोडमार्फत कारोबारका लागि सर्वसाधारणलाई अभ्यस्त बनाउने सरकारको लक्ष्य रहेको बताउँदै चाँडै नै राष्ट्र बैंकले नागरिकका लागि पृथक खालको कार्यक्रम ल्याउने तयारी भइरहेकाे बताए ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले तरकारी तथा फलफुल बजारमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यसै गरि सोही कार्यक्रममा  हरित कृषि सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले तरकारी तथा फलफुल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पुहुच पुर्याउने विश्वास व्यक्त गरे

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधााग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.