नेपाल बैंकका ग्राहक तथा कर्मचारीले आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट पाउने

  २०७७ माघ २१ गते १०:४४     विकासन्युज

काठमाडाैं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा  फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा छुट पाउने भएका छन् ।

बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानमा रहेकाे आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा माेबाइल बैंकिङ्ग मार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंकले हाल देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा मोबाईल/ईन्टरनेट बैंकिङ्ग लगायतका विभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.