कीर्तिपुर नगरपालिकाले सबै बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्ने

  २०७७ माघ २१ गते १०:२१     विकासन्युज

काठमाडाैं । किर्तिपुर नगरपालीकाले आफ्नाे सम्पुर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंक  मार्फत गर्ने भएकाे छ । साेमबार नगरपालीका र बै‌कबीच यस्ताे सम्झाैता भएकाे हाे । उक्त सम्झाैता पत्रमा बैंककाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले हस्ताक्षर गरेकाे थिए ।

नगरपालिकाले ५ वर्षसम्म सम्पुर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्न जनाएकाे छ । नगरपालिकाकादनगर प्रमुख महर्जनले उक्त सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको र यसको लाभ दुवैलाई मिल्ने बताए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको बाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए ।

पाँच बर्षको लागि भएको सम्झौतामा बैंकले नगरपालिकाका स्थायी कर्मचारीलाई बिना धितो १५ लाखसम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । यस्त बैंकले नगरपालिका क्षेत्रमा बसाेबास गर्ने किसान, विद्यार्थी तथा उद्यमिका लागि लागि सहुलियत दरमा कृषि, शैक्षिक तथा व्यावसायिक कर्जा प्रदान गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.