बेलायतमा ‘फेसबुक न्युज’ लञ्च, मिडिया हाउसलाई फेसबुकले पैसा दिने

  २०७७ माघ १४ गते १८:३०     विकासन्युज

एजेन्सी । फेसबुकले बेलायतमा फेसबुक न्युज लञ्च गरेको छ । अमेरिकापछि फेसबुकले बेलायतमा नयाँ फिचर सुरू गरेको हो । फेसबुक न्युजमा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय र बिभिन्न सयौं मिडिया हाउसका समाचारहरू पढ्न सकिनेछ ।

बेलायति मिडिया द गार्डियन, द इकोनोमिस्ट, द इन्डिपेन्डेन्ट, स्काइ न्युज, डेली मेल ग्रुप, फाइनान्सियल टाइम्स  जस्ता प्रतिष्ठित मिडिया हाउससँग फेसबुकले सम्झौता गरेको छ । फेसबुकले एन्ड्रोइड र आइओएस दुबै भर्सनमा यो सेवा उपलब्ध गराएको छ । फेसबुक न्युजमा अन्य मिडियाका समाचार प्रयोग गरेबापत मिडिया कम्पनीहरूलाई फेसबुकले पैसा तिर्नेछ । फेसबुकले अमेरिकापछि अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक लञ्च गरेको हो ।

अमेरिकाका केही क्षेत्रमा सन् २०१९ मा फेसबुकले यस्तो सेवा दिएको थियो । त्यसको एक वर्षपछि अमेरिकाभर फेसबुक न्युजको सेवा सञ्चालन गरेको थियो । यो सेवाका कारण पहिलेको भन्दा पाठक, दर्शकको संख्या बढेको अमेरिकी मिडियाको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.