सूनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

  २०७७ माघ ९ गते ११:०८     विकासन्युज

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९३ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.