काठमाडौंका पारखीलाई दाङको घोंगीदेखि रौतहटको कटियासम्म चखाउँदै लेकाली किचन

  २०७७ माघ ९ गते १०:५०     नरेन्द्र रौले

काठमाडौं । कटिया तराईको चर्चित परिकार हो । माटोको भाँडामा खसीको मासु र मसला मिसाएर आगोको रापमा यो परिकार बनाइन्छ । विशेषगरी रौतहट क्षेत्रमा यो परिकार धेरै प्रचलित छ । कटिया अब रौतहट वा तराई क्षेत्रमा मात्र सिमित रहेन ।

कटियाका पारखीहरूलाई लक्षित गर्दै तीनकुनेस्थित गैरीगाउँमा लेकाली किचन एण्ड कटिया हाउस खुलेको छ । मधुुसुदन ढकाल, राज अर्याल, केशब चौलागा“ई लगायत ५ जना यसका सञ्चालक हुन् । संचालक अर्यालका अनुसार लेकाली किचन पूर्ण सञ्चालनमा आइसक्दा १ करोड रुपैयाँ लगानी नाघिसकेको छ ।

लेकाली किचनको मेनुमा उपलब्ध परिकारहरू मध्ये सबैभन्दा बढी अर्डर हुनेमा पर्छ, कटिया । यसको स्वाद चाख्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पारखीहरु ओइरिन्छन् ।

यो बनाउने बिधि नै फरक छ ।

सेफ दीपक तामाङका अनुसार माटोको भा“डाभित्र मटन, त्यसमा मरिच, नुन, लसुनको मसाला र तेल मिसाएर एक घण्टा आगोमा सेकेपछि यो परिकार तयार हुन्छ ।

‘तराईको आइटम हिमाल र पहाडका बासिन्दाले रुचाउँछन् कि रुचाउँदैनन् भन्ने चिन्ता थियो, तर, यतिबेला ग्राहकहरूको रेस्पोन्स भने राम्रो छ,’ सञ्चालकमध्येका एक राजले सुनाए ।

लेकाली किचेनको कटिया अन्यत्रको भन्दा विशेष छ । यहाँ रौतहटबाटै झिकाइएका अनुभबी कुकले नै कटिया बनाउँछन् । अनुभबी कुकले बनाउँदा त्यसको खास स्वाद आउने नै भयो ।

यसरी खोलियो लेकाली किचन

राज अर्याल र मधुसुदन ढकाल कलेजमा स“गै पढ्ने साथी हुन् । कुनै बेला काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा उनीहरुसँगै पढ्थे । केही नयाँ व्यापार थाल्नुपर्छ भन्ने इच्छा दुबैको मनमा थियो । तर, समयले उनीहरुलाई बेग्ला–बेग्लै ठाउ पु¥याइसकेको थियो ।

सफ्टटेक फाउन्डेसनबाट आईटीमा प्रोफेश्नल कोर्ष गरेपछि सैनामैना ११ रुपन्देहीका राज आफनै ठाउ फर्किए । बुटवलमा उनले आइटी कम्पनी चलाएर बसे । यता ककनी, नुवाकोटका मधुसुदन ढकाल भने केही वर्ष मिडिया चलाएर बसे । त्यसपछि रेस्टुराँ क्षेत्रमा हात हाले ।

राज र मधुसुदन रेस्टुराँ क्षेत्रमै प्रवेश गर्न चाहे । तर, त्यसका लागि लगानी जुटाउन र अन्य तयारी गर्न एक वर्ष लाग्यो । यी दुई युवाको बिजनेश प्लानमा तीन जना अन्य व्यक्ति पनि मिसिए । आर्थिक रुपमा सहायता मिलेपछि रेस्टुरा“खोल्ने योजना अघि बढ्यो । मधुसुदन रेस्टुराँको मेनुमा केही नयाँ कुरा थप्न चाहन्थे, जसले गर्दा उपभोक्ता तान्न सकियोस् ।

राज र मधुसुदन दुबै जना दाङदेखि रौतहटको यात्रामा निस्किए । आफूले खोल्न चाहेको रेस्टुराँमा स्थानीय मौलिक स्वादलाई पस्किनु उनीहरूको उद्देश्य थियो । दाङमा उनीहरूले घोंगी चाखे । रौतहट पुगेपछि स्थानीय परिकार कटिया चाखेपछि त त्यसको स्वाद जिब्रोमै झुन्डियो । काठमाडौंमा ग्राहकहरुलाई यसको स्वाद चखाउने सोच त्यही बेला बनिसकेको थियो । कुकस“गको सम्बन्ध त्यहि बेला बिस्तार गरे ।

काठमाडौं उपत्यकाभित्र रेस्टुराँका लागि ठाउँ पाउँन मुस्किल भयो । राज र मधुसुदनले मोटरसाइकलमा ६ महिना धाउँदा पनि स्पेश नै फेला पार्न सकेनन् । बल्ल–बल्ल तीनकुनेको गैरीगाउँमा एउटा घर भेटिएपछि उनीहरु ढुक्क भए ।

२०७६ बैशाखबाट लेकाली किचन एण्ड कटिया हाउस सञ्चालनमा आयो । सुरुवातमा १८ जना स्टाफ थिए । रौतटबाटै स्पेशल कटिया बनाउँनकै लागि कुक झिकाईयो । चुनौतिहरु पनि उत्तिकै थिए । नयाँ रेस्टुराँ भएकाले खाना कसरी बनाउने ? सर्भिस कसरी दिने, ग्राहकहरुलाई सन्तुष्ट कसरी पार्ने भन्ने चुनौतिहरू थिए ।

लेकाली किचनको मेनु

नौलो र विशेष परिकार भएकाले होला कटिया अत्यन्तै रुचाइयो । लेकाली किचनको मेनुमा दैनिक ५०/६० वटा कटिया अर्डर हुन थाल्यो । लेकाली किचनमा कटिया बाहेक अन्य मौलिक स्वादहरु पनि चाख्न सकिन्छ । रेस्टुराँको मेनुमा थपिएका छन्, कालिजका बिभिन्न आइटम (सुप, फ्राइ), लुँइचे कुखुरा, बधिया कुखुरा, च्याङ्ग्राको सुकुटी र पक्कु, लोकल चिकेनका परिकार, हाँसको छोयला, घोंगी र गँगटाका परिकार ।

सकभर अन्य रेस्टुराँमा पाइने परिकारभन्दा नौलो स्वाद चखाउँन सञ्चालक मधुसुदन सधैँ चनाखो छन् । राजधानीमा एकै रेस्टुराँमा थरीथरीका मौलिक स्वादको मजा लिन पाइदैन । आफूले त्यो ग्याप पूरा गर्ने उनले बताए ।

‘हामीकहाँ कोदो र फाँपरको ढिंडो, मार्सी चामल, जेठा बुढाको भात पनि पाईन्छ, हरेक महिना नौलो स्वाद पस्किने हाम्रो प्रयास हो,’ उनले भने ।

लेकाली किचेनले आफ्नै रेस्टुराँको छतमा कालिज, लोकल कुखुरा, लुँइचे कुखुरा पालेको छ । ग्राहकको रोजाई अनुसार ताजा मासु उपलब्ध गराउ“छ । यसले गर्दा मासुकै लागि बजार जानु पर्ने बाध्यता हटेको छ ।

घोंगी मुसहर जातिको सबैभन्दा प्रिय परिकार हो । पोखरी, खोला, खोल्सामा पानीमुनि घोंगी पाइन्छ । तराई क्षेत्रमा कतिपयले यसलाई जिविकोपार्जनको माध्यम बनाउ“दै आएका छन् । लेकाली किचनले घोंगीको स्वाद पनि चखाउँदै आएको छ ।

कोरोनापछि लयमा फर्किदै

लेकाली किचेनको व्यापार कोरोनापछि लयमा फर्किदै छ । अचेल यस रेस्टुराँमा दैनिकजसो ग्राहकहरूको बाक्लो उपस्थिति हुन्छ । एकै पटक यहाँ २ सय जना बस्न सक्ने क्षमता रहेको सञ्चालक राज बताउँछन् । बाल्कोनीमा मौलिकता झल्किने बस्तुहरु सजाइएका छन् । मिटिङ हल, बाल्कोनी र अन्य कोठाहरुमा पनि आकर्षक पेन्टिङले भित्ताहरु रंग्याइएका छन् ।

लेकाली किचनमा अहिले २२ जना स्टाफ छन् । सिंगो घर भाडामा लिएको रेस्टुरा“ले मासिक डेढ लाख रुपैयाँ भाडा तिर्छ ।

दैनिक कारोबार कति हुन्छ ? ‘सन्तोषजनक छ,’ सञ्चालक मध्येका एक राजले भने ।

रेस्टुराँले कोरोना महामारीपछि लकडाउनमा ६ महिनासम्म स्टाफहरुलाई खान, बस्नको प्रबन्ध ग¥यो । घर फर्किएका ८ जना स्टाफ काममा फेरि फर्किएनन् ।

यतिबेला लेकाली किचेनले अर्काे नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ ।

लकडाउनमा भएको क्षति कहिलेसम्म रिकभर हुन्छ होला ? ‘सायद बैशाखसम्म,’ मधुसुदनले अनुमान गरे । लकडाउन र त्यसको असरले लेकाली किचेनको टिम आत्तिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.