२०७७ माघ ९ गते १०:३९ विकासन्युज
काठमाडौं । कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको १५ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.