म व्यवसाय गर्छु भनेर आउनेलाई ३ लाख दिन्छाैं: अध्यक्ष तामाङसँगको कुराकानी

  २०७७ माघ ५ गते १४:३४     विकासन्युज

बाग्मती प्रदेशको रामेछाप जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो दोरम्बा । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित छ । दोरम्बा गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकिृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मुलप्रवाह क्षेत्र बनाएर अविरल रुपमा बगिरहने चौरी खोला, घट्टेखोला र धोवी खोला यो गाँउपालिकाको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । यस गाँउपालिकाको माथिल्ला भागमा अधिकांश स्थानमा वन तथा खर्कहरु रहेका छन् भने चुन ढुङ्गा र तामा खानी लगायतका खनिजहरु पनि यो गाउँपालिकामा पाइन्छन् । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? गाँउपालिकाका ठूला योजना तथा परियोजनाहरु के–के छन् ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? र युवालाई रोजगारी अवसर प्रदान गर्न गाँउपालिकाले के कसरी काम गरिरहेको छ भन्ने लगायतका विषयहरु समेटेर सो गाँउपालिकाका अध्यक्ष कमानसिंह तामाङसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रश्तुत छ उक्त कुराकानीको अंश ।


गाँउपालिकामा कोरोना भाइरसले के–कस्ताे असर पु¥याएको छ, हाल कसरी अगाडि बढिरहनु भएकाे छ ? 

गाँउपालिकामा कोरोनाले असर पु¥याएको छ । कोरोनाको समयका हामीले क्वारेन्टिन बनाएका थियौं । छुट्टै क्वारेन्टिन राख्दा एक्लै महशुस हुने, मासिक तनाव बढ्ने भएकाले केहि व्यक्तिहरुले आफनै घरमा बस्छौं भने । हामीले पनि बुद्धिजिवी, राजनीतिक दलहरुसँग कुराकानी गरेर संक्रमितहरुलाई होम आइसोलेसनमा राख्यौं । कोरोनाको समयामा सबै वडामा ५०÷५० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं । गाँउपालिकामा जम्मा ७ वटा वडा छन् । हामीले आइसोलेसन व्यवस्थित तरिकाबाट निमार्ण गरेका थियौं । तर क्वारेन्टिनमा रहेका मानिस आइसोलेसनमा बस्नु पर्ने अवस्था आएको थिएन । क्वारेन्टिनमा रहेका मानिसको पिसीआर परीक्षण गर्दा सबैको कोरोना नेगेटिभ आएको थियो । केहि गाँउपालिकामा रहेका स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिएको थियो । कोरोना भएको स्वास्थ्यकर्मीहरु हाल निको भई सक्नु भएको छ ।

गाँउपालिकामा ८ बेडको आइसोलेसन रहेको छ । पहिलको समयमा जस्तो कोरोनाको त्रास हाल छैन । अहिले अवस्था सामान्य नै भइसकेको छ । कोरोना संक्रमण कुनै मानिसमा देखियो भने गाँउपालिकाले निःशुल्क पीसीआर चेक गर्ने गरेको छ ।

कोरोनापछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडी बढाइरहेको छ ?

हामीले कोरोनाको समयमा पनि स–साना विकास निमार्णका कामहरु ग¥यौं । हाल हामीले कोरोना मापदण्ड अपनाएरै विकासको कामहरु गरिरहेका छौं । कोरोनाको अवरोध विकास निमार्णको काममा अब छैन । विकासको लागि हामीले विभिन्न टेन्डर आव्हान पनि गरेका छौं । १० लाख रुपैयाँभन्दा माथिका टेण्डर छन् । टेन्डरको कामहरु भइरहेको छ । विकास निमाणका लागि गाँउपालिकाका विभिन्न योजना पनि रहेका छन् । स–साना योजनाहरु उपभोगताको लगभग ५० प्रतिशत काम भइसकेको छ । गाँउपालिकाले विकास निमार्णको कामहरु तीव्र रुपमै अगाडि बढाइरहेको छ ।

२ वटा टेन्डर ४५ लाख रुपैया बरावरको टेन्डर निकाल्न बाँकी नै छ । केहि ठाँउमा विवाद पनि आइरहेको छ । सडकको निमार्ण गर्दा समस्या पनि आउने गरेको छ । सडको निमार्ण गर्दा गाँउको बस्तीमा असर पर्छ भन्ने समस्या पनि आइरहेको छ । त्यसैले हामीले टेन्डर निकालेका छैनौं । हामीले ५ वटा वडाहरुमा पुलको डिपिआर पनि गरेका छौं । यो वर्षदेखि पुलको निमार्णको काम सुरु हुनेछ । कतै ६ लाख कतै ५ लाख रुपैयाँ बजेटमा हामीले डिपिआर सुरु गरेका छांै । प्रदेश सरकार वाट १५÷१५ लाख रुपैयाँ बरावरको योजना पनि आइरहेका छन् ।

गाँउपालिकामा कस्तो किसिमको योजानालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ?

अहिलेसम्म हामीले गाँउपालिकामा भौतिक पूर्वधारलाई नै अगाडि सारेका छौं । त्यससँसँगै कृषि, सिँचाइ र अन्य विद्यालयको भौतिक पुर्वधार लगायत कामलाई प्रथमिकता राखेर अगाडि बढिरहेका छौं । गाँउपालिकामा रहेका सबै वडाहरुमा सडक पुगिसकेको छ । सबै वडामा सडक पुगे पनि कालोपत्रे चाहिँ कुनै पनि वडामा भएको छैन । यस गाँउपालिकामा धेरै ग्रामिण भुभाग छ । सडक पिच नभए पनि हिँउद र बर्खामा पनि यातायात सञ्चालन भइरहन्छ ।
हिउँद र बर्खामा नै नागरिकलाई यातायातको सेवा उपलब्ध भएकोमा हामीलाई गर्भ छ । सडकलाई ग्राबेल गर्ने योजाना हाम्रो रहेको छ । सडक पिच गर्ने हाम्रो गाँउपालिकाको बजेटले भ्याउँदैन । यसको लागि केन्द्रिय सरकारबाट नै बजेट आउनु पर्ने हुन्छ ।

गाँउपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ?

हाम्रो गाँउपालिकामा रहेको ठुलो योजना भनेको सडक स्तर वृद्धि र खानेपानी रहेको छ । किसानहरुलाई अनुदानमा मेसिन हाते ट्रयाक्टर वितरण गरेका छौं । हामीले पशुपालन गर्ने कृषकलाई अनुदान पनि दिएका छौं । यो बर्ष गत बर्षको जस्तो बजेट फ्रिज जाने भएको छैन । सडक निमार्ण गर्दा गाँउ जेखिम हुने होकी भन्ने जनगुनासो आएको छ । यो विषयमा हामीले छलफल गरिरहेका छाैं । गाँउपालिकाको भवन निमार्ण गर्नेको लागि हामीले समपुरकमा पठाइसकेका छौं ।

तत्कालिन हाम्रो योजना भनेको खानेपानी रहेको छ । खानेपानीको लागि हामीले २ करोड रुपैयाँको बजेट रहेको छ । यसको लागि हामीले टेन्डर निकाल्दै छौं । गाँउपालिकामा अस्पताल निमार्णमा १५ सय बेड रहेको १८ करोड रुपैया बराबरेको टेन्डर निकाली सकेका छौं । अस्पताल निमार्णको काम २ वर्ष भित्र सक्नु पर्छ भन्ने योजनामा सबै जना लागि परेका छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयमा साना–तिना समस्या आइरहेका छन् । गाँउपालिकाको आवश्यकता जुन ठाँउमा ठुलो समस्या रहेको छ त्यसको समाधान गर्ने हो । हामीले सोचे अनुसार त प्रदेश सरकारले हेरको छैन । केन्द्रले अनुदान बाहेक जुन अरु ठाँउमा जस्ता ठुला–ठुला योजनाहरु केन्द्रले हाम्रो गाँउपालिकामा पारेको छैन । स्तानीय तहबाट समन्वय गर्ने र यहाँको समस्या केन्द्रसम्म लिने ब्रिजिङको काम हामीले गरेका छौं । नागरिकले यो ठाँउमा केन्द्रिय योजनाको आवश्यकता छ भन्ने ठाँउमा कार्यपालिकाले निर्णय गर्दै अगाडि दिने काम हामीले गर्दै आएको छौं ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ?

स्थानीय तहमा काम गर्दा धेरै समस्याहरु आइ पर्छन् । अहिले सेवा प्रवाहमा त खासै समस्या आएको छैन । विकास निमार्णको काममा केहि ठाँउमा समस्या आउने गरेको छ । गाँउपालिकमा राजनीतिक दलका मानिसहरुले पनि विकास निमार्णमा हाते मालो गरिरहनु भएको छ । केहि ठाँउको शिक्षा क्षेत्रमा केहि समस्या देखा परेका छन् । शिक्षा क्षेत्र सुधारमा पनि धेरै समस्या आएका छन् । यस्ता समस्याको समधान गर्नको लागि हामी लागि परहेको छौं ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट सोचे र चाहे अनुसारको सहयोग मिलेको छैन । मुल बजेट अनुदानको रुपमा रहेको छ । यो गाँउपालिका एक विकट क्षेत्र पनि हो । केन्द्र सरकारबाट पुल, सडक, आधुनिक भवन आदि महत्वपुर्ण ठाउँहरुलाई ठुलो बजेटको रुपमा हामी चाहिरहेका छौं । गाँउपालिकाले सोचे अनुसारको केन्द्र सरकारबाट बजेट आएको छैन ।

आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ?

गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रको प्रचार प्रसार गरिरहेको छौं । हामीले मुख्य गरेर शैलुङ्ग क्षेत्रको प्रचार–प्रसार गरिरहेका छौं । शैलुङ्ग क्षेत्रलाई चर्चित पर्यटकिय स्थलको रुपमा प्रचार–प्रसार गरिरहेका छौं । गाँउपालिकामा बढी पर्यटक आए भने आर्थिक वृद्धि पनि हुन्छ भन्ने हाम्रो आशा छ । गाँउपालिमा रहेको २ नं वडालाई पर्यटकिय स्थलको रुपमा घेषण गरेका छौं । यस गाँउपालिकमा आन्तरिक पर्यटकको बढी आर्कषण रहेको छ ।

बिभिन्न मठ मन्दिरको निमार्ण गर्ने काम पनि गाँउपालिकामा भइरहेको छ । पर्यटनक आकर्षण गर्नेको लागि हामीले पूर्वधारको विकास पनि गरेका छौं । पर्यटन क्षेत्रको लागि वार्षिक २ करोड रुपैयाँ छुट्याउने गरेका छांै । लकडाउको समयपछि गाँउपालिकामा पर्यटकको खासै आएका छैनन् ।

कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ?

कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । केहि महिना गाँउपालिकामा रहेका विद्यालयहरु बन्द पनि भएका छन् । कोरोनको प्रभाव नपरेका ठाँउमा सामाजिक दूरी कायम गरी पठन पाठन सञ्चालन गर्यौं । गाँउपालिकामा इन्टरनेटको कमि र रेडियो माध्यम बाट हामीले पठन पाठन गर्ने ग¥यौं । तर विद्ययार्थिहरुलाई विद्यालयमै बोलाएर सामाजिक दुरी कयम गर्ने लगाएर पठन पाठन सञ्चालन ग¥यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव रहेको छैन । गाँउपालिकामा रहेका सबै विद्यालयको पठन पाठनहरु निरन्तर रुपमा सञ्चालन भइरहेका छ ।

गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हामीले गाँउपालिकमा बाजो जमिन नराख्ने, खेतीयोग्य जमिनको उपभोग गर्ने भनेका छौं । रासायनिक मलको अभाव रहेको छ । हामीले सबै वडामा कृषि समिति बनाएका छौं । खेति ग¥यो भने बिउहरु अनुदानमा उपलब्ध गराएका छौं । बेमौसमी तरकारीको बिउ गाँउपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ । यो गाँउपालिकमा धेरै आलु उत्पादन हुने गरेको छ । आलुको विउको लागि गाँउपालिकाले ५० प्रतिशत अनुदानको रुपमा वितरण गर्ने गरेको छ । कृषिको लागि १ कारोड ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । कृषिको लागि कृषि सम्बन्धि तालिमको योजना पनि राखेका छौं । गाँउपालिकाले सकेसम्म कृषिलाई आधुनिकिकरण गर्ने सोच रहेको छ ।

गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाँउपालिकाका युवाहरुलाई स्वरोजगार बनाउनको लागि हामीले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छौं । युवालाई स्वरोजगार बनाउनको लागि होटलहरु रिसोर्टहरु खोल्नु भनेका थियौं । युवाहरु बढीमात्रामा कृषि र पशुपालन क्षेत्रमा आकर्षण भएको पाइन्छ । हामीले युवा रोजगारीको लागि कृषिमा ४३ वटा बाख्रा, भौसीहरु दर्ता गरेका छौं । यसमा हामीले अनुदान पनि दिएका छौं । धेरै युवाहरु व्यावसाय गर्नतर्फ पनि अगाडि बढेका पनि छन् ।

युवाको लागि सुहुलियत ऋण पनि दिने योजना गाउँपालिकाको छ । ५ लाखभन्दा तलको व्यवसाय गर्ने चाहने तर उसको जग्गा जमिन छैन व्यवसाय गर्छु भने हामीले सिफारिस गरेर पठाउछौं । जसको आफ्नो जग्गा जमिन छ । व्यवसाय गर्छु भने उनीहरु आफैले कृषि विकास बैंकसँग ५ देखि १० लाख सम्म ऋण लिन सक्छन् । कुनै व्यक्तिको प्रतिफल अनुुसारको गाँउपालिकाले १ लाख देखी ३ लाख सम्म अनुदान दिने गरेको छ । गाँउपालिकामा रहेको दलित, महिला, बेरोजगारीहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ ।

गाँउपालिककाले खेलकुद विकासको लागि कस्ता योजनाहरु राखेको छ ?

खेलकुद विकासको लागि गाँउपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । गाँउपालिकमा रहेका युवाहरुको खेलकुदमा पनि चाहाना रहेको पाइन्छ । फुटबल टोलीको निमार्ण गर्ने, कराते, बक्सीङ्गको टोलिको लागि बजेट छुट्याएका छौं । वडा वडामा खेलकुदको लागि भवन निर्माण पनि भइरहेको छ ।

गाँउपालिकामा मानिसहरु प्रायः के कस्ता समस्याहरु धेरै लिएर आउने गर्छन् ?

गाँउपालिकामा मानिसहरु धेरै समस्याहरु लिएर आउने गरेका छन् । सेवा प्रवाहमा समस्या रहेको छ । टोल टोलका सामुदायिक भवनको आवश्यक जस्ता समस्या पनि रहेको छ । टाढा रहेको एउटा घरलाई सडक पु¥याउन समस्या रहेको छ । बिजुली बक्ति सबै वडामा पुगेको छ । अहिले सडकको विषय नै सबैभन्दा धेरै ल्याउने गरेका छन् ।

तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

मेरो कार्यकालका मैले जे जति काम गरेँ त्यो राम्रो गरेँ जस्तो मलाई लाग्छ । सबै वडामा पुगेका सडकको पिच गर्ने मेरो योजना रहेको छ । १ घर १ धारा दिने हाम्रो लक्ष नै हो । वृहत खोनेपानीमा २ करोडको योजना रहेको छ । सबै घर घरमा सडक पुगोस् भन्ने योजना मेरो रहेको छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । मैले धेरै विकास निमार्ण गर्ने चाहेको छु तर सिमित बजेटको कारण विकास निमार्णमा ढिलाई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.