भायानेटको ३५औं आउटलेट काठमाडौंको पेप्सीकोलामा

  २०७७ माघ २ गते १४:०४     विकासन्युज

काठमाडौं । ग्राहकलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनकालागि इन्टरनेटको सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो ३५औं आउटलेट काठमाडौंको पेप्सीकोलामा खोलेको छ । काठमाडौंमा आफ्ना सेवाहरु अझ प्रभावकारी ढंगले उपलब्ध गराउन लागि उक्त स्थानमा माघ १ गते नयाँ आउटलेट खोलेको हो ।

कम्पनीले अप्टीक्स इन्टरनेट र आईपीटीभी सेवालाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब काठमाडौंमा आफ्नो सेवालाई थप विस्तार गर्दैछ ।

कम्पनीका अनुसार अब पेप्सीकोलावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् ।

भायानेटले नेपालको पहिलो एफटीटीएच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आईपीटीभी सेवा भायाटिभी पनि छ, जसमा ग्राहकको लागि २५० भन्दा बढी एचडी र एसडी च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै, १ वर्षको सदस्यता लिने ग्राहकलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.