गुगलले मिडियालाई ३५ करोड रुपैंयाँ बाँड्दै

  २०७७ माघ १ गते १६:३५     विकासन्युज

एजेन्सी । गुगलले कोरोना भ्याक्सिनबारे फ्याक्ट चेक गर्न मिडियालाई ३ मिलियन डलर (३५ करोड, १० लाख, ५३ हजार एक सय रुपैंयाँ) छुट्याएको छ । भ्याक्सिनबारे गलत समाचार रोक्न यो बजेट छुट्याएको हो । द गुगल न्युज इनिसियटिभले मिडिया र फ्याक्ट चेक गर्ने संस्थाहरुलाई यो रकम प्रदान गर्न लागेको घोषणा गरेको छ । बेलायति समाचार संस्था रोयटर्सका अनुसार कोभिड १९ को भ्याक्सिन बारे भ्रमपूर्ण समाचार छापिएपछि सत्य, तथ्य सूचना दिन गुगलले चासो दिएको हो ।

यसअघि गुगलले फ्याक्ट चेकिङ प्रोजेक्टका लागी अप्रिलमा ६.५ मिलियन (७६ करोड, ६ लाख १५ हजार, ५० रुपैंयाँ) र डिसेम्बरमा १.५ मिलियन (१७ करोड, ५५ लाख, २६ हजार ५ सय ५० रुपैंयाँ) प्रदान गरेको थियो । गुगलले प्रदान गर्न लागेको यति ठूलो रकम कसले पाउँदैछ ? के फ्याक्ट चेकिङ मात्र पर्याप्त छ त ? फस्र्ट ड्राफ्ट, कोम्प्रोभा, फुल फ्याक्ट, मल्टिडाडट्इएस, कोरेक्टिभ, पोलिटिफ्याक्ट, कैसर हेल्थ न्युज, स्ट्यान्डफोर्ड युनिभर्सिटी, द इन्टरनेश्नल फ्याक्ट चेकिङ नेटवक्र्स, साइन्स फिड्ब्याक र डाटा लिड्सले अप्रिलले ग्रान्ट पाएका थिए । यस्तै डिसेम्बरको सूरुवातमा द अस्ट्रेलियन साइन्स मिडिया सेन्टर र द टेक्नोलोजि नन् प्रोफिट् मिडानले १ मिलियन डलर (११ करोड ७० लाख १७ हजार ७ सय) प्राप्त गरेका थिए । यी संस्थाले पत्रकारहरुलाई आवश्यक पर्ने सूचना र अनुसन्धानपछि प्राप्त तथ्य उपलब्ध गराउँथे ।

अहिले गुगलले प्रदान गर्न लागेको फन्डमा जुनसुकै मिडिया हाउसले एप्लाइ गर्न सक्नेछन् । तर, प्रतिष्ठित फ्याक्ट चेकिङ संस्थासँग मिलेर काम गर्नु पर्नेछ । फ्याक्ट चेकिङ संस्थासंग सहकार्य गरेर मिडिया आउटलेटले फ्याक्ट चेकको काम गर्न सक्नेछन् । यसमा पत्रकार, डाक्टर संयुक्त रुपमा पनि मिलेर काम गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.