त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने र्याम्प बस हटाउने तयारी, वायुसेवा सञ्चालक भन्छन्ः तत्काल सकिँदैन

  २०७७ पुष २४ गते १४:०३     विकासन्युज

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने ¥याम्प बसहरुलाई हटाउने तयारी गरेको छ । हाल सञ्चालनमा रहेका र्याम्प बसहरु प्रदुषणयुक्त भएको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ती बसहरुलाई विस्थापित गरेर नयाँ विद्युतिय बसहरु सञ्चालन गर्ने तयारी गरेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार श्रेत्रीले सरकारले अब त्रिभुवन विमानस्थलमा रहेका र्याम्प बसहरुलाई विस्थापित गरेर नयाँ विद्युतिय बसहरु सञ्चालनमा ल्याउने तयारी भएको बताएका छन् । यसका लागि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन प्राधिकरणसँग छलफल भइसकेको छ ।

‘तत्कालै सबै बसहरु हटाउन सकिँदैन, अब नयाँ खरिद गर्ने बसहरु विद्युतिय हुनु पर्छ, पूरानालाई विस्थिपित र नयाँ विद्युतिय बसहरु ल्याउने काम हुन्छ, यसो गर्दा यात्रु र वायु प्रदुषण पनि हुँदैन,’ उनले भने ।

आजको आजै हटाउने काम हुँदैन र थोत्रो पूरानो बस चलाइरहनु भन्दा नयाँ विद्युतिय बस राम्रो हुने उनको भनाई छ ।  अहिले ९ वटा हवाई कम्पनीहरुले बसहरु सञ्चालन गर्दै आएका छन् । यसका लागि प्राधिकरणले वायुसेवा कम्पनीहरुसँग बसको विवरण माग पनि गरिसकेको छ ।

प्राधिकरणले ¥याम्प बसहरु प्रतिस्थापन गर्ने योजना अनुरुप सवारीको प्रकार, बसहरुको प्रदुषण नाप जाँच, हरेक सवारीको सिट संख्या, खरिद भएको वर्षलगायत विषयहरु प्रष्ट पार्ने गरी वायु सेवा सञ्चाकलहरुसँग विवरण माग गरेको हो ।

वायुसेवा सञ्चाक भन्छन्ः तत्काल सकिँदैन

प्राधिकरणले ¥याम्प बसहरु हटाउने तयारी गरिरहँदा वायुसेवा सञ्चालकहरुले भने तत्काल ती बसहरु विस्थापित गर्न नसकिने धारणा राखेका छन् । उनीहरुले विशव महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण आफुहरुले अर्बौं रुपैयाँ नोक्सान व्यहोर्नु परेको बताउँदै फेरि तत्कालै नयाँ विद्युतिय बसहरु खरिद गरेर भएका बसहरु हटाउन नसकिने धारणा राखेका हुन् ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगेन्द्र कँडेलले आफुहरुले चाहना पनि विद्युतिय बसहरु हुनु पर्ने भए पनि तत्कालै यो सम्भव नभएको बताए ।

‘सरकारको यो राम्रै नीति हो, तर नीति योजनावद्ध अनुसार हुनुपर्छ, यो अवधिसम्म गाडी प्रतिस्थापन हुनुपर्छ भन्ने नीति भएको भए हामी त्यही अनुसार योजना बनाएर गाडी बढ्थ्यौं, तर यो अहिले तत्कालै सम्भव छैन, कि सरकारले नयाँ गाडी किनिदिनु पर्यो, एकाएक मन्त्रीज्युले भनेर हुँदैन, यसले हामीलाई ठूलो आर्थिक भार पुर्याउँछ,’ उनले विकासन्युजसँग भने ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले वायुसेवा कम्पनीहरुलाई ठूलो आर्थिक क्षति गरेको बताउँदै उनले यसले झन बढी आर्थिक व्ययभार थुपार्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.