सिटिजन्स बैंकले बोलायो विशेष साधारणसभा, बुक क्लाेज कहिले ?

  २०७७ पुष २३ गते ११:५९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले आगामी माघ १५ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको दरवारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको प्रधान कार्यालयमा आफ्नो छैटौं विशेष सभा बोलाएको हो ।

सभाले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकलाई स्वीकृति दिने भएको छ । त्यस्तै, तिनाउ मिशन डेभलपमेन्ट बैंकको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९६ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (सेयर स्वाप रेसियो) कायम गर्ने सञ्चालक समितिको विशेष प्रस्ताव रहेको छ ।

बैंकको पुँजीगत संरचनामा परिवर्तन गरी हाल कायम अधिकृत पुँजी १० अर्बलाई बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव रहेको छ ।
तिनाउ मिशनलाई प्राप्ति गरेपश्चात बैंकको जारी तथा चुक्तापुँजी ९ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ११ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभामा जाने प्रयोजनको लागि माघ २ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैगरी, माघ १ गतेसम्म कायम सेयरधनीहरु साधारण सभामा भाग लिन योग्य हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.