क्लिनफिडले टेलिभिजन अपरेटरलाई २५ प्रतिशत नोक्सान भइरहेकाे छ: सुदिप आचार्यकाे विचार

  २०७७ पुष १० गते १७:५८     विकासन्युज

सरकारले विदेशी च्यानलहरुको प्रशारणमा कात्तिक ८ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) लागू गरेसँगै त्यसको सम्पूर्ण भार नेपाली टेलिभिजन अपरेटरहरुले लिनु परेको छ । क्लिनफिड कार्यान्वयनका लागि हामीले पटक–पटक सरकारलाई समय दिन माग गरेपछि सरकारको दुरदर्शिता बिना आएको यो नीतिले नेपाली टेलिभिजन अपरेटरस्हरुलाई धेरै नोक्सान भएको छ ।

नेपालमा विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागु भएपछि यस नीतिको विरोधस्वरूप डिजिटल, केबुल, र इन्टरनेट टीभी सेवा प्रदायकहरूले विरोध गरेपनि त्यसको कार्यान्वयन भने यथावथ रुपमा भएको छ । जसको पत्यक्ष असर टीभी अपरेटरलाई मात्र होइन सरकारको राजश्वमा पनि परेको छ ।

अहिले भारतीय स्पोट्र्स र न्यूज च्यानल बाहेक अन्य च्यानलहरु आइरहेका छन् । रोकिएका च्यानलहरु पनि हामी थप्दै गएका छौं । क्लिनफिडमा सरकारको दुरदर्शीता नभएरै हाम्रो कारोबारमा गिरावट आएको छ । हाम्रो कारोबारमा गिरावट आउनु भनेकाे सरकालाई हामीले तिर्ने ट्याक्समा पनि कमि आउनु हो । यसले सरकारलाई पनि प्रत्यक्ष असर पार्छ ।

नेपाली टेलिभिजन इन्डस्ट्रीको पहिला सामान्य अवस्थामा मासिक ५ करोडको हाराहारीमा कारोबार हुन्थ्यो । तर, अहिले कारोकार निकै घटेको छ । अहिले मासिक २० देखि २५ प्रतिशतसम्म कारोबार घटेको अनुमान हामीले गरेका छौं । अहिले मासिक ३ देखि ४ करोड रुपैयाँमात्र इन्डस्ट्रीमा कारोबार भइरहेको छ । यो हाम्रो नोक्सान हो । सरकारले ल्याएको विज्ञापन ऐनको पालना पनि कसैले गरेका छैनन् ।

पहिले भारतीय डीटीएचहरु नेपालमा धेरै थिए । त्यसको विस्थापनका लागि हामीले धेरै संघर्ष गर्यौं । भारतीय डीटीएच विस्थापित पनि भए । केही मात्रामा मात्र आइरहेका थिए । तर, पछिल्लो समय ट्रकका ट्रक भारतीय डीटीएच नेपाल भित्रिएको सूचना हामीले पाएका छौं । जुन निकै दुःखद हो ।

हामीले नेपाली संस्कृति बचाउनका लागि पनि धेरै प्रयासहरु गरिरहेका छौं । विदेशमा गइरहेको स्वदेशी पुँजी हामीले रोक्ने प्रयास गरिरहेका छौं । क्लिनफिडको कारण हाम्रा उपभोक्ताहरु पनि महँगो शुल्कमा पर्ने देखिन्छ । अहिले प्रविधिगत हिसावले पनि महँगो भएको छ । अब ग्राहकले थप २० देखि २५ प्रतिशतसम्म शुल्क तिनु पर्ने अवस्था आउन सक्ने हामीले देखेका छौं ।

यो इन्डस्ट्रीमा करिब ३/४ हजार करोड रुपैयाँ लगानी रहेको छ । क्लिनफिडले यो लगानीलाई जोखिममा रोखेको छ । सरकारको यो नीतिले हामीलाई निकै ठूलो धक्का पुगेको छ । हाम्रो लगानी सुरक्षित गर्नमा सरकार अनुदार बनेको छ । विस्तारै हाम्रो कारोबार र तथा व्यवसायमा असर पर्दै गएको छ । यसमै विशव महामारीका रुपमा फैलिएको कोरोना भाइरसले असर गरेको छ भने त्यसमाथि पनि सरकारको नीतिले हामीलाई निकै गाह्रो भएको हामीले महसुस गरेका छौं ।

सरकारले नीतिले हामीलाई मात्रै निराश बनाएको छैन हाम्रा सेवाग्राहीहरु पनि निकै मारमा पर्नेछन् । क्लिफिडको कारण हाम्रो सञ्चालनदेखि अन्य खर्च बढ्छ । प्रविधि पनि उतिकै विकास तथा विस्तार हुन्छ । यसको भार सिधै सेवाग्राहीमा पर्न जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.