कोरोना बीमाः १४ हजार बीमितले पाए १ अर्ब ३८ करोड

  २०७७ पुष ८ गते १७:४२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस बीमा गरेका १४ हजार १ सय ८४ जना बीमितले १ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमा भुक्तानी पाएका छन् ।

कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २६ हजार ५ सय ९७ जना बिमितहरु मध्ये १४ हजार १ सय ८४ जनाले भुक्तानी पाएका हुन् ।

बीमा समितिले दिएको जानकारीका अनुसार हालसम्म २५ सय २१ जनाले कोरोना बीमा स्वीकृतीका लागि प्रक्रियामा छन् ।
यस्तै, ३ हजार १ सय ११ बिमितहरुको फाइल केन्द्रिय जनस्वास्थ्य केन्द्र टेकुमा प्रक्रियागत अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.