साउथवेस्टन स्कुललाई तेस्रो अन्तराष्ट्रिय अवार्ड

  २०७७ पुष ८ गते ९:४१     विकासन्युज

काठमाडौं । काठमाण्डौँको बसुन्धारास्थित साउथवेस्टन स्कुलले अर्को अन्तराष्ट्रिय स्तरको स्कुल अवार्ड जितेको छ । ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड स्कुलले प्राप्त गरेको हो ।

शिक्षामा उत्कृष्टताका लागि अन्तराष्ट्रिय केन्द (इन्सिड) र कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाज ९स्पेस० को संयुक्त आयोजनामा भारतको नयाँ दिल्लीबाट भचुअलरुपमा संचालित ‘अन्तराष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा उक्त अवार्ड घोषणा गरिएको थियो ।

उक्त अन्तराष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेसिया, इन्डोनेसिया, साउदी अरेयिबा, मेक्सिको, थाइल्यान्ड लगायत ५० भन्दा बढी देशका २५० भन्दा बढी संस्था तथा व्यक्तिहरूको सहभागिता रहेको थियो । ‘पोस्ट कोभिड परिदृष्यमा जीवन र आजीविकाको लागि समग्र शिक्षा – अगाडिको बाटो’ विषयवस्तुमा आयोजित उक्त सम्मेलनमा ‘योग्य सम्पन्न शैक्षिक संस्था÷संस्थाहरूका लागि विशिष्ट पुरस्कार’ भन्ने नाराका साथ विभिन्न विधाका पुरस्कारहरू वितरण गरिएको थियो । उक्त भर्चुअल कार्यक्रममा साउथवेस्टन स्कुलको तर्फबाट स्कुलका प्रिन्सिपल रमेश अधिकारी सहभागी भएका थिए ।

एक बर्षको अवधिमा विद्यालयले प्राप्त गरेको यो तेस्रो अन्तराष्ट्रिय अवार्ड हो । यसअघि विद्यालयले २०१९ डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटीद्वारा दुबईमा आयोजित एक कार्यक्रममा अन्तराष्टिय स्कुल अवार्डअन्तर्गत साउथवेस्टन स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो । त्यस्तै ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तराष्ट्रिय सभामा साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गरेका थिए ।

कोभिड-१९ को असरले विद्यालयहरू बन्द रहेको अवस्थामा स्कुलले गरेको शैक्षिक गतिविधि समेतलाई आधार बनाई उक्त अवार्ड साउथवेस्टन स्कुललाई प्रदान गरिएको हो । स्कुलले भचुअल शिक्षण प्रक्रियामा अपनाएका शिक्षण पद्धतिहरू, परियोजनामूलक कार्य, श्रव्यदृष्य कक्षा, मौखिक तथा लिखित नियमित मूल्याङकन पद्धति, विद्यालयको भौतिक पूर्वाधार, विद्यालयका उपलब्धि आदिलाई मूल्यङ्कनको आधार बनाइएको थियो ।

स्कुलले एकपछि अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकोले स्कुल अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिन सफल रहेको पुष्टि भएको कुरा स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताए । शिक्षा क्षेत्रमा लामो समयदेखि आवद्ध व्यक्तिहरूबाट सञ्चालित साउथवेस्टनले पी. जी. (प्ले ग्रुप) देखि पी. एच. डी. सम्मको शिक्षा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.