पूर्व अर्थमन्त्री डा.खतिवडा अमेरिकाकोे राजदुतमा नियुक्त

  २०७७ पुष ७ गते १५:५५     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाकाे राजदूतमा नियुक्त भएका छन् । उनलाई आज राष्ट्रपति कार्यालयले अमेरिकाको आवासिय राजदुतमा नियुक्त गरेको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले उनलाई अमेरिकाको लागि राजदुतमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदकाे सिफारिस अनुसार राष्ट्रपति कार्यालयले उनलाई अमेरिकाकाे लागि राजदूतमा नियुक्त गरेकाे हाे ।

‘नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई सुयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासिय राजदूतमा नियुक्त गरिएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.