सोल्टी होटलको पुस १५ गतेदेखि बुक क्लोज

  २०७७ पुष ६ गते १२:२३     विकासन्युज

काठमाडौं । सोल्टी होटलको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि होटलले सो दिनदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

पुस ३ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको ४६औं वार्षिक साधारणसभा आगामी पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्च्युअल माध्यमबाट हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.