कामना सेवा विकास बैंकको लाभांश घोषणा

  २०७७ पुष ५ गते २१:५२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

गत पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४.४० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२३ प्रतिशत नगद गरी ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । ४.४० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ नाघ्ने छ ।

अघिल्लो वर्ष नगद लाभांश मात्रै वितरण गरेको विकास बैंकले अहिले बोनस सेयरको प्रस्ताव गरेको छ । बैंकले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई ६.८ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.