सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

  २०७७ मंसिर २६ गते १६:५८     विकासन्युज

काठमाडौं । सानिमा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र-नक्साल, नारायणचौरसंगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा कोभिड-१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो । मंसिर २६ शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.